Nic Ad Nic Ad
Nic Ad Nic Ad

हनिट्रयाप प्रकरणमा मुछिएकी निलम्बित इन्स्पेक्टर शाही कहाँ छिन्? केही महिनाअघि यहाँ झुल्किएकी थिइन्

शनिबार, मंसिर २९, २०८१

काठमाडौं– भैंसेपाटी हनिट्रयाप प्रकरणको मुद्दा सेलाउन लागेका बेला पनि प्रहरीले निलम्बित इन्स्पेक्टर बिनुकुमारी शाहीलाई पक्राउ गर्न सकेको छैन। यस मुद्दामा अदालतले केही आदेश जारी गरे पनि शाही अहिलेसम्म पक्राउ नगरिएकी हुन्।

‘उनी फरार रहेको र भेट्न नसकेको’ प्रहरीले जनाएको छ। उक्त प्रकरण प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले समेत हेरेका कारण उनको खोजी जारी रहेको छ। सीआईबी स्रोतले भन्यो,‘जुनसुकै बेला पक्राउ गर्न सकिन्छ। हामी निरन्तर खोजीमा छौं।’

एक व्यावसायीलाई नियोजित रुपमा हनिट्रयापमा पारी ३० लाख रुपियाँ लिएपछि उक्त प्रकरण जिल्ला प्रहरी परिसर ललितपुरले अनुसन्धान गरेको थियो। पछि, सीआईबीले उक्त फाइल लगी अनुसन्धान सकेर अदालतमा मुद्दा दायर गरेको थियो। 

उक्त मुद्दामा अदालतबाट केही आदेश समेत भइसकेका थिए। 

घटनाको मुख्या योजनाकार इटहरी नगरपालिका–६ बस्ने ताज मूल भन्ने तजम्मुल ईस्लामलाई अदालतले थुनामा पठाउन आदेश गरेको थियो। 

ललितपुर जिल्ला अदालतका न्यायाधीश टेकराज जोशीले ईस्लामलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश गरेका थिए। उनलाई कारागार पठाइसकिएको छ। 

इटहरी बस्ने सुस्मा विश्वकर्मासँग १ लाख र भीमादेवी थापासँग अदालतले २ लाख रुपैयाँ धरौटी मागेको थियो। प्रहरी प्रभाग भैंसेपाटीमा कार्यरत सहायक हवल्दार महेन्द्र हमाल साधारण तारेखमा रिहा भएका थिए।

व्यवसायीलाई हनिट्रयापमा पारेर आपराधिक लाभ लिएको कसुरमा इन्स्पेक्टर विनु कुमारी शाही, सुनसरी घर भएका दर्शन पोखरेल, प्रहरी सहायक हवल्दार महेन्द्र हमाल, इटहरी बस्ने भिमादेवी थापा, इटहरी नगरपालिका–६ बस्ने ताज मूल भन्ने तजम्मुल ईस्लाम र धनकुटा घर भएर इटहरी बस्ने सुस्मालाई सरकारी वकिल कार्यालयले प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो।  

आरोपीहरूले घर जग्गा व्यवसायीलाई हनिट्रयापमा पारेर ‘बलात्कार मुद्दामा फसाउँछौँ’ भनेर ३० लाख असुलेका थिए। आरोपीहरुसँग मिलेको भेटिएपछि इन्स्पेक्टर विनु शाहीलाई गृह मन्त्रालयले निलम्बन गरेको थियो।

घट्नामा उनलाई पनि प्रतिवादी कायम गरिएको छ। ललितपुरको सानागाउँ बस्ने घरजग्गा कारोबारीले भिमादेवी थापाको खातामा रकम जम्मा गरेको र १० लाखको चेक दिएको प्रहरीको अनुसन्धान निचोड थियो।

यहि मुद्दाकी निलम्बिन इन्स्पेक्टर शाही अहिले पनि प्रहरीको फन्दामा परेकी छैनन्। 

उनीमाथि छानबिन हुँदै गर्दा सामाजिक सञ्जाल इन्स्टाग्राममा उनी ९ र १२ कात्तिकमा झुल्किएकी थिइन्। तर, प्रहरीले उनलाई पक्राउका लागि चासो दिएको थिएन।

 Your value doesnt decrease based on someone’s inability to see your worth.' भनेर १२ कात्तिमा पोस्ट गरेकी थिइन् भने ९ कात्तिकमा Healing doesnt mean the damage never existed, it means the damage no longer controls our lives.  लेखेर झुल्किएकी थिइन्। 

प्रकाशित मिति: शनिबार, मंसिर २९, २०८१  १०:१५
प्रतिक्रिया दिनुहोस्