Nic Ad Nic Ad
Nic Ad Nic Ad

काठमाडौँ उपत्यकामा चिसो बढ्यो, न्यूनतम तापक्रम २ डिग्री सेल्सियस

शनिबार, मंसिर २९, २०८१

काठमाडौँ - काठमाडौँमा आज यस वर्षकै चिसो महसुस गरिएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज काठमाडौँको न्यूनतम तापक्रम २ डिग्रीमा झरेको छ ।

यसअघि हिजो काठमाडौँको न्यूनतम तापक्रम ३.१ डिग्री  थियो । महाशाखाले आज बिहान ८:४५ बजे सार्वजनिक गरेको तापक्रम विवरणअनुसार सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस ७.२ डिग्रीमा झरेको छ ।
तराईमा हुस्सु र कुहिरो

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । हाल देशभर मौसम सामान्यतया सफा रहेको जनाइएको छ । तराईका केही स्थानमा हुस्सु/कुहिरो लागेको विभागले जानकारी दिएको छ ।

दिउँसो कोशी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने जनाइएको छ । राति देशभर मौसम मुख्यतया सफा रहने आज बिहान जारी बुलेटिनमा जनाइएको छ 

प्रकाशित मिति: शनिबार, मंसिर २९, २०८१  १०:३९
प्रतिक्रिया दिनुहोस्