Nic Ad Nic Ad
Nic Ad Nic Ad

एनपीएल क्रिकेट : पोखराले दियो काठमाडौंलाई १३९ रनको लक्ष्य

शनिबार, मंसिर २९, २०८१

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा पोखरा एभेन्जर्सले काठमाडौँ गुर्खाजलाई १ सय ३९ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले २० ओभरमा ८ विकेट गुमाएर १ सय ३८ रन बनायो । पोखराका रेमोन रेफेरले नटआउट ४१, दिनेश खरेलले ३८ रन बनाए । काठमाडौँका कप्तान करण केसी र रशिद खानले ३/३ विकेट लिए ।

यो खेलमा विजयी हुने टोली प्लेअफमा पुग्ने सम्भावना बलियो हुनेछ । पराजित हुने टोलीको पनि गणितीय सम्भावना कायमै रहनेछ ।  काठमाडौँ ५ खेलमा ४ अंकसहित छैटौं तथा समान अंकसहित पोखरा सातौं स्थानमा छ ।

एनपीएलमा आजको दोस्रो खेलमा जनकपुर बोल्ट्स र चितवन राइनोज खेल्दैछन् । जनकपुर बोल्ट्स एक खेलअघि नै क्वालिफायरमा पुगिसकेको छ । चितवन पनि क्वालिफायर पुग्ने सम्भावना कायमै छ । चितवन ६ खेलमा ६ अंकसहित चौथो स्थानमा छ ।

 

प्रकाशित मिति: शनिबार, मंसिर २९, २०८१  ११:०२
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार