Nic Ad Nic Ad
Nic Ad Nic Ad

कुशल मल्लको बिस्फोटक ब्याटिङमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई दियो १८१ रनको लक्ष्य

शनिबार, मंसिर २९, २०८१

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत शनिबार भएको २५ औं खेलमा चितवन राइनोजले जनकपुर बोल्ट्सलाई १८१ रनको लक्ष्य दिएको छ। 

टस जितेर ब्याटिङ रोजेको चितवनले जनकपुरका लागि यति ठूलो लक्ष्य दिएको हो। 

चितवनका लागि कप्तान कुशल मल्ल र रवि बोपाराले ११६ को साझेदारी खेलेका थिए। सोही साझेदारीमा आएको रनका कारण जनपुरले विशाल लक्ष्य प्राप्त गरेको हो।  

रवि बोपाराले ३२ बलमा ४४ रन प्रहार गरे भने कुशल मल्ले ७२ रन हानेका थिए। 

अन्तिम पाँच ओभरमा चितवनले ५५ रन बनायो। यो समयमा बलरहरूमाथि दवाब सिर्जना गर्दै तिव्र गतिमा रन संकलन गर्न सफल भयो।

जनकपुरका बलरहरूले मिश्रित प्रदर्शन गरे। जहाँ स्पिनरहरूले किफायती बलिङ गरे, त्यहीँ केही मुख्य बलरहरू महँगो सावित भए।

ललित राजबंशीले ४ ओभर, ११ रन, २ विकेट, अत्यन्त किफायती बलिङ गर्दै विपक्षी ब्याट्सम्यानलाई बाँधेर राखे।

जेम्स नीशमले ३ ओभरमा ३७ रन खर्चेर १ विकेट लिए। उनी महँगो सावित भए।
 

प्रकाशित मिति: शनिबार, मंसिर २९, २०८१  १४:३४
प्रतिक्रिया दिनुहोस्