तनहुँको आँबुखैरेनीमा चितुवाको त्रास
तनहुँ - आँबुखैरेनी गाउँपालिका- ३ का पानीघट्टा, आपचौतारा, चोकचिसापानी क्षेत्रमा दिनहुँ चितुवा देखिन थालेपछि यहाँका स्थानीय त्रसित भएका छन्।
पानीघट्टा क्षेत्रमा साँझपख चितुवा देखिएपछि स्थानीयवासी त्रसित भएका वडाध्यक्ष दिनेश केसीले बताए। स्थानीयलाई आक्रमणबाट जोगाउन डिभिजन वन कार्यालयसँगको सहकार्यमा ती स्थानमा खोर राख्ने प्रयास थालिएको उनले जानकारी दिए।
उनले ती क्षेत्रका स्थानीयलाई सतर्क रहन आग्रह गरे। यसअघि चोकचिसापानीमा एउटा खोर राखिएको थियो।
गत शुक्रबार चोकचिसापानीमा दुईवटा चितुवा देखिएका थिए। एउटा चितुवालाई लामो समयसम्म रुखमा देखिएकोे स्थानीय प्रसन्न अधिकारीले बताए।
प्रकाशित मिति: आइतबार, मंसिर ३०, २०८१ ०९:४८
प्रतिक्रिया दिनुहोस्