म्याग्दीको मराङखोलामा पक्की पुल निर्माण सुरु
म्याग्दी - बेनी-दरवाङ-ताकम-मुना–जलजला-ढोरपाटन सडक आयोजना अन्तर्गत मालिका गाउँपालिका-७ भएर बग्ने मराङखोलामा पक्की पुल निर्माण सुरु भएको छ ।
गण्डकी प्रदेश सरकारको रु. पाँच करोड ९६ लाख ६४ हजारको लागतमा आगामी १८ महिनाभित्रमा निर्माण सम्पन्न गर्नेगरी निर्माण कम्पनीसँग सम्झौता भएको पूर्वाधार विकास कार्यालयका प्रमुख विष्णु पौडेलले बताए ।
पुल निर्माणपछि धवलागिरि, मालिका गाउँपालिकाका बासिन्दाका साथै म्याग्दीबाट बागलुङको ढोरपाटन हुँदै पूर्वी रुकुमसम्म बाह्रै महिना यातायातका साधन सञ्चालन हुनेछन् ।
प्रकाशित मिति: आइतबार, मंसिर ३०, २०८१ १०:२०
प्रतिक्रिया दिनुहोस्