काठमान्डुलाई विराटनगरले दियो ११८ रनको लक्ष्य
काठमाडौं - नेपाल प्रिमियर लिग एनपीएलमा विराटनगर किंग्सले काठमान्डु गुर्खाजलाई ११८ रनको लक्ष्य दिएको छ ।
कीर्तिपुरका त्रिवि मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगर १९.५ ओभरमा ११७ रनमा अलआउट भएको हो ।
विराटनगरका लागि राजेश पुलामीले २५ रन बनाए । दिपक बोहराले भने २० रन बनाए ।
काठमान्डुका लागि गेहार्ड इरास्मसले ३, दीपेश कंडेलले २ तथा साहाब आलम, करण केसी र राशिद खानले १–१ विकेट लिए ।
शनिबारको खेलमा चितवनले जनकपुरलाई हराएसँगै काठमाडौंको प्लेअफ सम्भावना कठिन बनेको हो । काठमाडौं ६ अंकसहित तालिकाको पाँचौ स्थानमा रहेको । ६ खेल खेलेको काठमाडौंले तीन जित निकाल्दा समान तीन हार भोगेको छ ।
चार अंक जोडेको विराटनगरले ६ खेल खेल्दा दुई जित र चार हार व्यहोरेको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर ३०, २०८१ १०:४६
प्रतिक्रिया दिनुहोस्