Nic Ad Nic Ad
Nic Ad Nic Ad

पुसका लागि वाणिज्य बैंकहरूको ब्याजदर सार्वजनिक, कुन बैंकको कति ?

आइतबार, मंसिर ३०, २०८१

काठमाडौं – वाणिज्य बैंकहरुले पुस महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। आज सार्वजनिक गरेको ब्याजदरमा पुसका लागि केही बैंकले ब्याजदर घटाएका छन् । केही बैंकले ब्याजदर बढाउँदा अधिकांशले मंसिरकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।

कृषि विकास बैंकले पुस महिनाका लािग व्यक्तिगत मुद्दती निक्षेपका लागि ५ दशमव ५७ प्रतिशत ब्याजदर तोकेको छ । मंसिरमा व्यक्तिगत मुद्दतीतर्फ ५ दशमलव ५३ प्रतिशत तोकेको थियो । बैंकले संस्थागततर्फ मंसिर महिनाकै ब्याजदरलाई निरन्तरता दिएको छ । यो बैंकले मंसिरमा ३ दशमलव २५ प्रतिशत ब्याजदर तोकेको थियो ।

सिटिजन्स बैंकले मंसिर महिनाका लागि व्यक्तिगत र मुद्दती निक्षेपतर्फ ब्याजदर स्थिर राखेको छ । बैंकले मंसिरमा व्यक्तिगत तर्फ ५.६५ प्रतिशत र संस्थागतर्फ ४ प्रतिशत ब्याजदर ताेकेकाे थियाे । त्यस्तै, एभरेष्ट बैंकले पनि पुषका लागि ब्याजदर स्थिर राखेकाे छ । बैंकले पुषमा मंसिरकै ब्याजदरलाई निरन्तरता दिँदै व्यक्तिगततर्फ ६ प्रतिशत र संस्थागतर्फ ५ प्रतिशत ब्याजदर ताेकेकाे थियाे । बैंकले मंसिरका लागि व्यक्तिगततर्फ ६ प्रतिशत र संस्थागतर्फ ५ प्रतिशत ब्याजदर ताेकेकाे थियाे। ग्लाेबल आईएमई बैंकले व्यक्तिगततर्फ ५ दशमलव ५.७५ र संस्थागतर्फ ५.२५ प्रतिशत ब्याजदर ताेकेकाे थियाे ।

हिमालयन बैंकले पनि मंसिर महिनाकै ब्याजदरलाई निरन्तरता दिएकाे छ । बैंकले मंसिरमा व्यक्तिगततर्फ ६.२५ प्रतिशत र संस्थागतर्फ ५.२५ प्रतिशत ब्याजदर ताेकेकाे थियाे। यसैगरी लक्ष्मी सनराइज बैंकले पनि मंसिर महिनाकै ब्याजदरलाई कायम राखेकाे छ । बैंकले व्यक्तिगततर्फ ५.५ प्रतिशत र संस्थागतर्फ ४.५ प्रतिशत ब्याजदर दिएकाे थियाे ।

नेपाल बैंकले पुषका लागि व्यक्तिगततर्फ ५.६ प्रतिशत र संस्थागतर्फ ४.७ प्रतिशत ब्याजदर ताेकेकाे छ । मंसिरमा याे बैंककाे क्रमश ५.७५ प्रतिशत र ४. ७५ प्रतिशत कायम थियाे । एनआईसी एशिया बैंकले पुषका लागि व्यक्तिगततर्फ ६.६ प्रतिशत, र संस्थागतर्फ ५.५६ प्रतिशत ब्याजदर ताेकेकाे छ । बैंकले मंसिरकाे तुलनामा पुषमा ब्याजदर घटाएकाे हाे । बैंकले मंसिरमा व्यक्तिगततर्फ ६.७९ र संस्थागततर्फ ५.७९ प्रतिशत ब्याजदर दिएकाे थियाे ।

कुमारी बैंकले पनि मंसिरकै ब्याजदर कायम गरेकाे छ । बैंकले मसिरमा व्यक्तिगततर्फ ५.९१ प्रतिशत र संस्थागतर्फ ४.९१ प्रतिशत ब्याजदर ताेकेकाे थियाे । माछापुच्छ्रे बैंकले मंसिरकै ब्याजदर अर्थात् व्यक्तिगततर्फ ६ प्रतिशत, र संस्थागतर्फ ४.२५ प्रतिशत ब्याजदर ताेकेकाे छ । स्ट्याण्डर्ड चार्टर्ड बैंकले अघिल्लो महिनाकै ब्याजदरलाई निरन्तरता दिएकाे छ । बैंकले मंसिरमा व्यक्तिगततर्फ ६.२५ प्रतिशत र संस्थागतर्फ ३.५ ब्याजदर दिएकाे छ ।

एनमएमबि बैंकले पुषका लागि सर्वाधिक ब्याजदर बढाएको छ । बैंकले पुषका लागि व्यक्तिगततर्फ ६.६ प्रतिशत र संस्थागतर्फ ५.६ प्रतिशत ब्याजदर ताेकेकाे छ । बैंकले मंसिरमा व्यक्तिगततर्फ ५.७५ र संस्थागतर्फ ४.७५ प्रतिशत ब्याजदर ताेकेकाे थियाे । प्रभु बैंकले पुषका लागि व्यक्तिगततर्फ ६.१ र संस्थागतर्फ ५.१ प्रतिशत ब्याजदर ताेकेकाे छ । मंसिरमा बैंकहरूले साेही रकम बराबरकाे ब्याजदर दिएका थिए । सिद्धार्थ बैंकले पुषका लागि मंसिरकै ब्याजदरलाई निरन्तता दिएकाे छ। पुषका लागि बैंकले व्यक्तिगततर्फ ६.२५ र संस्थागतर्फ ३.५ प्रतिशत ब्याजदर ताेकेकाे छ ।

राष्ट्रिय वाणिज्य बैंकले पुषका लागि व्यक्तिगततर्फ ६ र संस्थागतर्फ ३.५ प्रतिशत ब्याजदर ताेकेकाे छ। मंसिरमा बैंकले व्यक्तिगततर्फ ६ र संस्थागतर्फ ५ प्रतिशत ब्याजदर ताेकेकाे थियाे । ब्याजदरको सूचना प्रकाशित गरेका १७ वाणिज्य बैंकमध्ये १२ वाणिज्य बैंकले व्यक्तिगत मुद्दती निक्षेपको अधिकतम ब्याजदरमा मंसिरकै दरलाई निरन्तरता दिएका छन् । त्यस्तै, २ बैंकले घटाएका छन् भने ३ बैंकले ब्याजदर बढाएका छन् ।

प्रकाशित मिति: आइतबार, मंसिर ३०, २०८१  १२:३७
प्रतिक्रिया दिनुहोस्