Nic Ad Nic Ad
Nic Ad Nic Ad

बागमती नदी किनारमा आत्मदाह गरी आत्महत्या गरेकी महिलाको सुसाइड नोटमा के लेखिएको छ?

आइतबार, मंसिर ३०, २०८१

काठमाडौं– शरिरमा पेट्रोल छर्किएर बागमती नदी किनारमा आत्मदाह गरेकी महिलाको आइतबार बिहान मृत्यु भएको छ।

कागेश्वरी मनोहरा नगरपालिका–८ किराँतचोक नजिकको बागमती नदी किनारमा आफ्नै शरीरमा पेट्रोल छर्केर शनिबार आत्मदाह गरेकी उनको सुसाइड नोट समेत फेला परेको छ। 

सुसाइड नोटमा आत्मदाह गर्नुको कारणमा कसैलाई दोष लगाइएको छैन। बरु माफी मागिएको छ। शनिबार दिउँसो १२ बजेको समयमा चितवनको रत्ननगर नगरपालिका–१२ घर भइ बौद्ध नारायणटार बस्ने ३८ वर्षीया कमला आचार्यले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी थिइन्। 

सुसाइड नोटमा आचार्यले आफ्नै कारण श्रीमान र छोराहरूले दुखः पाएकाले सबैलाई छाडेर जान आफूले आत्मदाह गर्नुपरेको उल्लेख गरेकी छिन्। 

केही समययता उनी डिप्रेशनको शिकार बनेको अनुमान गरिएको छ। परिवारका सदस्यको भनाईअनुसार उनी एकान्तमा एक्लै बस्ने गरेकी थिइन्।

‘मेरा कारण श्रीमान् र छोराहरूले धेरै दुःख पाए। म कसैलाई दुःख दिन चाहन्न। श्रीमान् र छोराहरू खुसीसाथ बस्नू’, सुुसाइड नोटमा उल्लेख छ। 
जसमा यो घटनाबारे आफ्ना पतिलाई समेत ‘जानकारी दिनू’ भन्दै मोबाइल नम्बर समेत लेखेको भेटिएको छ।

१२ बजे पेट्रोल छर्केर आफ्नै शरीरमा आगो लगाएकी आचार्य र उनका पतिबीच ११ः१२ बजेसम्म च्याटमा कुराकानी भएको भेटिएको छ। त्यसमा पनि उनले पतिलाई कुनै दोष लगाएकी छैनिन् ।

मृतक महिलाका १३ र ३ वर्षका दुई छोराहरू छन्। 

बा३५प ५८१८ नम्बरको स्कुटर आएर बागमती खोला किनार नजिकको खाली जग्गामा आचार्यले आफूमाथि आगो लगाएकी थिइन्।

आगलागीबाट गम्भीर घाइते भएकी उनलाई उपचारका लागि साँखुस्थित सुष्मा कोइराला मेमोरिय अस्पताल लगिएको थियो। उपचारकै क्रमा आइतबार बिहान ५ः४५ बजे उनको मृत्यु भएको थियो।

आचार्य परिवारसँग नारायणटारमा बस्दै आएकी थिइन्। कागेश्वरी मनोहरा नगरपालिका–७ मा आचार्य दम्पतीले स्टेशनरी सञ्चालन गरेका छन्। उनीहरुले सञ्चालन गरेको केएण्डए स्टेशनरीबाट केही पर गएर उनले आगो लगाएकी थिइन्। 

उनले मिनरल वाटरको बोतलमा पेट्रोल लगेर छर्केको अनुसन्धानमा संलग्न अधिकृतहरुले जानकारी दिए। 
 

प्रकाशित मिति: आइतबार, मंसिर ३०, २०८१  १३:३४
प्रतिक्रिया दिनुहोस्