Nic Ad Nic Ad
Nic Ad Nic Ad

भारतबाट फर्किए प्रधान सेनापति सिग्देल

आइतबार, मंसिर ३०, २०८१

काठमाडौं- प्रधान सेनापति महारथी अशोकराज सिग्देल भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सुशोभित भएर आइतबार स्वदेश फर्किएका छन् ।

गत मङ्सिर २६ गतेदेखि ४ दिने भारत भ्रमणमा गएका उनलाई त्यहाँस्थित राष्ट्रपति द्रौपदी मुर्मुले भारतीय स्थल सेनाको मानार्थ महारथी दर्जा प्रदान गरेकी थिइन् ।

त्यसक्रममा प्रधान सेनापति सिग्देलले भारतका रक्षामन्त्री राजनाथ सिंह, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभल, चिफ अफ डिफेन्स स्टाफ जनरल अनिल चौहान, स्थल सेनाध्यक्ष जनरल उपेन्द्र द्विवेदी, रक्षा सचिव र विदेश सचिवसँग छुट्टाछुट्टै भेटवार्ता पनि गरे ।

उनी भारतका स्थल सेनाध्यक्ष जनरल द्विवेदीको औपचारिक निमन्त्रणमा भारत गएका थिए । उनले भ्रमणका क्रममा‍ भारतीय सैनिक प्रतिष्ठानमा तालिमरत अधिकृत क्याडेटहरूको अन्तिम दलेल कवाजमा प्रमुख अतिथिका रूपमा पनि भाग लिए ।

प्रकाशित मिति: आइतबार, मंसिर ३०, २०८१  १८:५७
प्रतिक्रिया दिनुहोस्