Nic Ad Nic Ad
Nic Ad Nic Ad

आईरिस प्रणाली लागू गर्दै वैदेशिक रोजगार विभाग

आइतबार, मंसिर ३०, २०८१

काठमाडौँ- वैदेशिक रोजगार विभागले आगामी ३ पुसपछि वैदेशिक रोजगारीमा जानुपूर्व दिइने अभिमुखीकरण तालिमका लागि ‘फेसटाइम एटेन्डेन्स एन्ड आइरिस रिकोग्नेसन’ प्रणाली लागू गर्ने भएको छ । 

पटक पटक सूचना जारी गर्दै स्थगित गर्दै आएको विभागले अन्तिम पटक मिति तोकेको हो । उक्त मितिमा जसरी पनि आईरिस सिस्टम लागू गर्ने विभागले जनाएको हो ।

वैदेशिक रोजगारीमा जाने कामदारको पूर्वप्रस्थान अभिमुखीकरण तालिमका लागि हाल बायोमेट्रिक प्रणालीमार्फत हाजिरी गरिँदै आएको छ । बायोमेट्रिकका कारण अनियमितता बढेको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आईरिस सिस्टम लागू गर्ने निर्णय गरेको थियो । सोही आधारमा विभागले गत असोज २९ गतेदेखि आईरिस सिस्टम लागू गर्ने बताएको थियो । तर, उक्त मितिमा लागू हुन सकेन । विभागले अहिले आईरिस र बायोमेट्रिक दुवै सिस्टम लागू भइरहेको जनाएको छ ।

प्रकाशित मिति: आइतबार, मंसिर ३०, २०८१  १९:४४
प्रतिक्रिया दिनुहोस्