एनपिएल : सुदूरपश्चिमले कर्णालीलाई ६ विकेटले हरायो
काठमाडौं- सुदूरपश्चिम रोयल्ससँग ६ विकेटले पराजित भएपछि कर्णाली याक्स नेपाल सुपर लिग (एनपिएल)को प्लेअफमा स्थान बनाएको छ ।
सोमबार भएको खेलमा कर्णालीले पहिला ब्याटिङ गर्दै अल आउट भएर १०२ रनको लक्ष्य थियो । प्रत्युत्तरमा सुदूरपश्चिमले १५.२ ओभरमा ४ विकेट गुमाउँदै जित निकाल्यो । सुदूरपश्चिमको जितमा कप्तान दीपेन्द्र सिंह ऐरीले ३८ रन बनाए । इशान पाण्डे ३८ रनमा शविजित रहेका थिए ।
यसअघि कर्णालीको लागि जिसन मक्सूदले सर्वाधिक ३० रन बनाए । विलियम बोसिस्टोले १६ रन जोडेका हुन् । सुदूरपश्चिमको लागि हर्मित सिंहले सर्वाधिक तीन विकेट हात पारे । आजको खेलसँगै लिग चरणका खेल सकिएका छन् ।
प्लेअफमा सुदूरपश्चिम र जनकपुर तथा चितवन र कर्णाली प्रवेश गरेका छन् । काठमाडौं भने यो खेलसँगै बाहिरिएको छ । यसअघि विराटनगर, पोखरा र लुम्बिनी बाहिरिएका छन् अब क्वालिफायर्समा सुदूरपश्चिम र जनकपुर भिड्नेछन् ।
यस खेलमा पराजित टोली इमिमिनेटरमा अर्काे अवसर पाउनेछ । दोस्रो प्लेअफमा कर्णाली र चितनव खेल्नेछन् । यस खेल जित्ने टोलीले प्लेअफमा परातिज हुुने टोलीसँग खेल्नेछ ।