Nic Ad Nic Ad
Nic Ad Nic Ad

एक दिवसीय यू-१९ सिरिज : नेपाल हङकङसँग ३ विकेटले पराजित

सोमबार, पुस १, २०८१

काठमाडौँ- काठमाडौँको मूलपानी क्रिकेट मैदानमा आजदेखि सुरु भएको एक दिवसीय यू-१९ सिरिजमा नेपालले हङकङलाई तीन विकेटले पराजित गरेको छ ।

हङकङ यू-१९ टोलीले दिएको ११४ रनको सामान्य लक्ष्य नेपालले २६।४ ओभरमा ७ विकेट गुमाएर भेटायो । नेपालका लागि सिब्रिन श्रेष्ठले सर्वाधिक २३, दिलसाद अलीले १८, सन्तोष यादवले १५, कप्तान अभिषेक तिवारीले १०, सोहैल कुँवर र अपराजित पौडेलले समान ९-९, सूर्यांशु कोइरालाले ६, रोशन विश्वकर्माले ४, नरेन भट्टले २ र बनाए ।

नेपालले अतिरिक्त (वाइड र एलबी)बाट २० रन जोड्यो । हङकङका डानियल म्यापले ४ तथा थोम्स अलेक्जेन्डर फुजेस, शायन पुरी र ह्यारी होडसनले समान एकरएक विकेट लिए ।

त्यसअघि टस हारेले पहिले ब्याटिङ गरेको हङकङले ४१.१ ओभरमा सबै विकेट गुमाएर ११३ रन बनाएको थियो । हङकङका लागि अब्दुल समादले अविजित ५० रन बनाए । कप्तान शिव माथुरले २० र प्रीत मंगुकियाले ११ रन बनाए । अन्यले दोहोरो अंकमा रन जोड्न सकेनन् । हङकङले अतिरिक्त ९बाइ, नो बल, वाइड, एलबी० १८ रन जोड्यो ।

नेपालका सन्तोष यादवले ४, दयानन्द मण्डलले २, कप्तान अभिषेक तिवारी, सिब्रिन श्रेष्ठ र अपराजित पौडेलले समान एकरएक विकेट लिए ।

प्रकाशित मिति: सोमबार, पुस १, २०८१  १५:२८
प्रतिक्रिया दिनुहोस्