Nic Ad Nic Ad
Nic Ad Nic Ad
सिने उद्योगको समस्या

नेपाली फिल्म उद्योगमा ‘कास्टिङ काउच’को समस्या, खासमा यसको अर्थ के हो?

सोमबार, पुस १, २०८१

काठमाडौं– हलिउड, बलिउडल, तलिउडसहित कलिउड भनेर चिनिने नेपाली फिल्म उद्योगमा पनि ‘कास्टिङ काउच’को समस्यामा परेको भन्ने गुनासो बेलामौका सुनाइने गरिएको छ। 

नेपालमा कास्टिङ काउच एउटा गम्भीर तर प्रायः मौन रूपमा रहने समस्या हो, विशेषतः सिने उद्योगमा। 

यो ‘ओपन सेक्रेट’को रूपमा चर्चा हुने गरेको छ। कलाकारलाई भूमिका वा अवसर दिने बहानामा यौन प्रस्ताव राख्ने घटना सुनिनु सामान्य मानिन्छ।

केही अभिनेत्रीहरूले सामाजिक सञ्जालमार्फत कास्टिङ काउचसँग सम्बन्धित अनुभव सार्वजनिक गरेपछि यो विषय चर्चाको केन्द्रमा आएको छ।

उदाहरणका लागि, अभिनेत्री आयुषा राईले म्युजिक भिडियो निर्देशकद्वारा प्राप्त यौन प्रस्तावको स्क्रिनशट सार्वजनिक गरेर विरोध जनाएपछि यो मुद्दा थप प्रख्यात भएको थियो। 

यस्तै घटनाहरूले नेपाली सिने उद्योगमा महिलाहरूको सुरक्षा र समानताको विषयमा प्रश्न उठाएको छ। धेरै महिला कलाकारहरूले यस्ता प्रस्ताव अस्वीकार गर्दा अवसर गुमाउनुपर्ने जोखिम मोल्नुपरेको बताउँछन्।

कास्टिङ काउचलाई क्याम्ब्रिज डिक्सनरीले ‘कास्टिङ काउचको प्रयोग गरेर कसैले फिल्म वा नाटकमा राम्रो भूमिका पाएको छ भन्नुभयो भने, तपाईंले कलाकार छनोट गर्ने व्यक्तिसँग यौनसम्पर्क राखेको हो भन्ने बुझिन्छ’ भनी व्याख्या गरेको छ। 

यस समस्याको समाधानका लागि स्पष्ट नीति निर्माण, दोषीलाई कारबाही, र जागरुकता अभिवृद्धि आवश्यक रहेको बताइन्छ। 

महिलाहरूले आफ्नो कामको सम्मान गर्न र अनुचित व्यवहारको प्रतिरोध गर्न प्रेरित हुनुपर्छ भनी बेलामौका आवाज पनि उठ्ने गरेका छन्। 

नेपालमा कास्टिङ काउचको मुद्दा सिने उद्योगमा लामो समयदेखि चर्चामा छ। कास्टिङ काउच भनेको यौन शोषणको एक रूप हो, जसमा निर्देशक, निर्माता वा अन्य शक्तिशाली व्यक्ति कलाकारलाई फिल्म वा म्यूजिक भिडियोमा काम दिने बहानामा यौन प्रस्ताव राख्छन्। 

यसले कलाकारहरूलाई मानसिक र शारीरिक रूपमा दबाबमा राख्ने र भविष्यका अवसरहरूको डरमा उनीहरूलाई असहज स्थिति उत्पन्न गर्दछ।

आयुषा राईले म्युजिक भिडियो निर्देशनको क्रममा कास्टिङ काउचको अनुभव साझा गर्दै यौन प्रस्तावको विरोध गरेकी थिइन्। उनले निर्देशकको अस्वीकृत प्रस्तावका कारण फिल्ममा अवसर गुमाएको बताएकी थिइन्। उनले यस्ता घटनाहरूलाई सार्वजनिक गरेर महिला कलाकारहरूलाई आफ्नो अधिकार र सम्मानको लागि आवाज उठाउन पनि भनेकी थिइन्। 

अर्को आवाज उठाउनेमा परेकी थिइन् कलाकार माला लिम्बु। लिम्बुले पनि कास्टिङ काउचको अनुभव साझा गरेकी थिइन्। उनले भनेकी थिइन् कि केही निर्माताहरू फिल्मको भूमिकामा मौका दिने बहानामा यौन सम्बन्ध राख्न दबाब दिन्छन्। यसका बाबजुद, उनले यस्ता प्रस्तावलाई अस्वीकार गर्दै आफ्नो करिअरमा बलियो उचाइ हासिल गरेको बताएको विषय सतहमा आएको थियो।

बलिउडमा त यस्ता चर्चा व्यापक रुपमा हुने गरेका छन्। दक्षिण भारतीय फिल्म उद्योग तलिउडमा पनि यस्ता विषयले निक्कै चर्चा पाउँछन्। बलिउड अभिनेत्री चित्रंगता सिंहले यस विषयमा बलियो उठान गरेकी थिइन्। 

उनले भनेकी थिइन्,‘बलिउडमा पनि काम वा अफरको बदलामा यौनसम्पर्क माग्ने कुप्रथा धेरै रहेको छ। तर बाध्य हुने या नगर्ने आफ्नो रोजाइमा रहेको हुन्छ।’

सिंहका जस्ता अनुभव निक्कैको रहेको छ। 

कास्टिङ काउचका घटनाहरूलाई कानूनी रूपमा नियन्त्रण गर्न सरकार र सिने उद्योगका संस्थाहरूलाई नीति निर्माण गर्नुपर्ने आवश्यकता हुन्छ।

यसमा स्पष्ट कार्यस्थल नीति र यौन उत्पीडन रोकथामको कानून समावेश हुनुपर्ने कतिपयको बुझाई छ।

कलाकारहरूलाई कास्टिङ काउच र यौन शोषणका विरुद्ध जागरूक बनाउन आवश्यक रहेको बताइन्छ। यसका लागि कार्यशाला र परामर्श कार्यक्रम आयोजना गर्नु उपयोगी हुन सक्ने सुझाव विभिन्न महिला अधिकारकर्मीको छ।

महिलाहरूको अधिकार र सशक्तिकरणको लागि समाजमा मानसिकता परिवर्तन आवश्यक छ। महिलाले आफ्नो काममा आत्मसम्मान राख्न र अनुचित व्यवहारको विरोध गर्न सक्षम हुनुपर्ने पनि सुझाव अधिकारकर्मी दिन्छन्। नेपालमा कास्टिङ काउचको मुद्दा जटिल छ र यसलाई समाधान गर्न सबै पक्षबाट मिलेर काम गर्नुपर्ने आवश्यकता रहेको बताइन्छ। 
 

प्रकाशित मिति: सोमबार, पुस १, २०८१  १५:४१
प्रतिक्रिया दिनुहोस्