एसियाली विकास बैंकविरुद्द काठमाडौंमा शान्तिपूर्ण प्रदर्शन (तस्बिरहरु)
काठमाडौं- नेपाल सरकार र एसियाली विकास बैंक बीच यान्त्रिक सिँचाइ नवप्रवर्तन परियोजना (एमआईआईपी) र जलवायु कार्यान्वयनका लागि १५ करोड ७० लाख अमेरिकी डलर (करिब २१ अर्ब २३ करोड रुपैयाँ) सहुलियतपूर्ण ऋण तथा अनुदान सम्झौता भएको विरुद्द जलवायु न्यायको लागी लड्ने संस्थाहरुले आज शान्तिपूर्ण आन्दोलन गरेका छन ।
एसियाली विकास बैंकको नेपाल अवस्थित कार्यलय अगाडि उनिहरुले आन्दोलन सङ्गै ज्ञापन पत्र पनि बुझाएका छन ।
गएको बुधबार अर्थमन्त्रालयमा भएको समझदारी अनुसार एमआईआईपी कार्यान्वयनका लागि १ करोड ५० लाख अमेरिकी डलर बराबरको अनुदान र ११ करोड अमेरिकी डलरको ऋण सम्झौतामा अर्थसचिव डा रामप्रसाद घिमिरे र अर्नाउड काचोइसले हस्ताक्षर गरेका थिए ।
नेपाल सरकारको तर्फबाट नेपाल आवासीय नियोग एडीबीका देशीय निर्देशक र एडीबीको तर्फबाट क्रमशः बुधबार अर्थ मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिमा सो जानकारी दिइएको छ ।