Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेकपा एकीकृत समाजवादीको कार्ययोजना पारित

सोमबार, पुस १, २०८१

काठमाडौँ- नेकपा एकीकृत समाजवादीको ‘आन्दोलनद्वारा पार्टी निर्माण गरिने’ भन्ने कार्ययोजना पारित भएको छ ।

शुक्रबारदेखि जारी स्थायी कमिटी बैठकले उक्त कार्ययोजना पारित गरेको महासचिव घनश्याम भुसालले बताए । बैठक भोलि पनि जारी हुने उनले बताए ।

भोलिको बैठकले केन्द्रीय पदाधिकारी र नेताहरूको कार्य विभाजन गर्ने भुसालले बताए । भोलि कार्य विभाजनको काम टुंगो लागेपछि बैठक सकिने उनले बताए । त्यस्तै नेकपा एसले तत्काल पार्टी एकताको कुनै सम्भावना नभएको निष्कर्ष निकालेको छ ।

पार्टी कार्यालय आलोकनगरमा सोमबार बसेको नेकपा एकीकृत समाजवादीको स्थायी कमिटीको बैठकपछि पार्टी नेता जगन्नाथ खतिवडाले देशका अन्य कुनै पनि कम्युनिष्ट पार्टीसँग एकताको कुनै सम्भावना नभएको निष्कर्ष निकालेको जानकारी दिए ।

उनले राष्ट्रिय एजेण्डामा सहकार्य गर्न तयार रहेको बताए । खतिवडाले जनताको घर(घरबाटै जनसंघषकै माध्यमबाट पार्टी निर्माण गर्न सकिने भएकाले जनताको घर(घरमा जानेसहितको निर्णय हुने जानकारी दिए ।

नेता खतिवडाले आगामी निर्वाचनमा समाजवादीलाई सशक्त प्रतिस्पर्धीको रूपमा उभ्याउने भन्ने विषयमा छलफल केन्द्रित रहेको र यसबारेको ठोस निर्णय पनि मंगलबार नै गर्ने उल्लेख गरे ।

प्रकाशित मिति: सोमबार, पुस १, २०८१  १९:३६
प्रतिक्रिया दिनुहोस्