के बिन्टा जिसु पथमा लागेका हुन् आयुष र एलिजे? सामाजिक सञ्जालमा रेइज बेटको अर्थ
काठमाडौं– २२ र १३ लाख फलोअर रहेका टिकटकर आयुषसिंह ठकुरी र एलिजे जमालीको गत महिनाभरी निक्कै चर्चा भयो सामाजिक सञ्जालका तीन प्ल्याटफर्मममा।
खासगरी टिकटक, फेसबुक रिल्स र इन्स्टा ग्राममा उनीहरूको आलोचना भएपछि टिकटक बन्द गरेर यो टोली मौन बस्न बाध्य भयो।
त्यसअघि उनीहरूले आयुषसिंह ठकुरीकी आमा नानुसिंह ठकुरीका बारेमा नकारात्मक चर्चा चलाएका थिए।
सामाजिक सञ्जालमा उनीहरूले गरेको यस प्रकारको क्रियाकलापलाई ‘घृणाका सन्देशहरू’ प्रबाह गरी रकम कमाउने काइदाका रुपमा पनि ब्याख्या गरिन्छ।
यो रेइज बेट प्रवृत्तिको एक हिस्साका रुपमा बुझ्न सकिन्छ।
सामाजिक सञ्जालमा यस्ता खालका प्रवृत्तिलाई चलायमान गरी लाखौं डलर कमाउने अन्य उदाहरण पनि छन्।
प्राप्त विवरण अनुसार कन्टेट क्रिएटर बिन्टा जिसु एक उदाहरण हुन्। उनले भनेकी छन्,‘मैले धेरै घृणाका सन्देशहरू पाउँछु।’
सामाजिक सञ्जालमा पोस्टहरू राखेर गत वर्ष मात्रै जिसुले डेढ लाख डलर कमाएकी थिइन्।
उनका पोस्टहरूमा कमेन्ट गर्ने र उनका भिडिओमा धेरै ट्राफिक ल्याउनेहरू धेरैजसो आक्रोशका कारण त्यसो गर्छन्।
घृणास्पद टिप्पणीका कारण मेरा प्रत्येक भिडिओमा १० औँ लाख ‘भ्यू’ आएका २४ वर्षिया जिसुले बताइन्।
यी भिडिओहरूमा उनी अमेरिकाको न्यूयोर्क सिटीमा बस्ने मोडलको जीवन देखाउँछिन्। त्यसमा उनी आफू अति सुन्दर हुनु नै सबैभन्दा ठूलो समस्या भएको बताउँछिन्।
त्यसमा विन्टाले एउटा पात्रको अभिनय गरिरहेको मानिसहरूले महसुस गर्दैनन् र टिप्पणी गर्छन्।
‘रेज बेइट’ हुने गरी सामग्री बनाउने अनलाइन क्रिएटरहरूको बढ्दो समूहकी विन्टा एक हिस्सा हुन्। उनीहरूको उद्देश्य सरल छ। भिडिओ ‘रेकर्ड’ गर्ने, ‘मीम’हरू बनाउने, अन्य प्रयोगकर्तालाई आक्रोशित बनाउने पोस्टहरू लेख्ने र हजारौँ, लाखौँ लाइक कमेन्ट र शेअरको मजा लिने।
पछिल्लो पटक आयुषसिंह ठकुरी र एलिजे जमाली पनि यहि सिकोमा हिँडेका त थिएनन् भन्ने आशंकाको सुविधा छ।
तर आलोचना भएपछि टिकटकबाट गायव भएको यो जोडी फेरि फर्किएको छ। र, उनीहरूले जिसुकै शैलीमा रकम कमाउने काइदा अँगालेको हुन सक्ने अनुमान गरिएको छ।
आफूहरुमाथि साइबर बुलिङ भएको भन्दै उनीहरु मंसिर २४ गते प्लाटफर्मबाट गायब थिए।
लगातार ‘साइबर बुलिङ’ भएको भन्दै उनीहरूले टिकटकबाट ब्रेक लिने घोषणा गरेका थिए। त्यसको एक साता नबित्दै उनीहरु प्लाटफर्ममा फर्किएका हुन्। उनीहरुको टिकटक एकाउन्ट एक्टिभ भएको छ।
दुई साताअघि आयुषले नयाँ घर किनेको खबर सार्वजनिक भएको थियो। त्यसपछि उनकी आमा नानुसिंह ठकुरीसँगको विवादलाई लिएर आयुष टिकटकमा ट्रोल बनिरहेका थिए।
तर उनीहरूले रेइज बेट गरेका हुन् त? सामाजिक सञ्जालमा यसको अर्थ छ।
यो इन्टरनेटको दुनियाँमा प्रचलित अर्को प्रवृत्ति ‘क्लिकबेइट’भन्दा फरक हो। ‘क्लिकबेइट’मा उत्सुकता जगाउने शीर्षक राखेर भिडिओ वा लेखमा पाठक र दर्शकलाई क्लिक गर्न उक्साउने काम हुन्छ।
तर मस्तिष्कले नयाँ प्रविधिसँग कसरी अन्तरक्रिया गर्छ भन्ने अध्ययन गर्ने डाक्टर विलियम ब्राडीका अनुसार मानव मनोविज्ञानमा नकारात्मक सामग्री एकदमै जड बनेर बसेको हुन्छ।
प्रमुख सामाजिक सञ्जालहरूले क्रिएटरहरूलाई उनीहरूको सामग्रीका लागि धेरै पैसा दिन थाल्नु र ‘रेज बेइटिङ’ सामग्रीहरूमा पनि वृद्धि हुनु एकै पटक भएको छ।
लाइक, कमेन्ट र शेयरहरूका लागि इनाम र प्रायोजित सामग्री राख्न यी क्रिएटरलाई पैसा दिने सामाजिक सञ्जालका कार्यक्रमका कारण यस्तो वृद्धि भएको मानिन्छ।
सामाजिक सञ्जालमा यसको अर्थ परम्परागत सट्टाबाजीभन्दा फरक रहेको छ। अहिलेको सन्दर्भमा ‘रेइज बेट’ भन्ने शब्द प्रयोगले व्यक्तिको आत्मविश्वास, चुनौती दिन सक्ने क्षमता, वा कसैसँग प्रतिस्पर्धा गर्न तयार भएको अर्थमा बुझिन्छ।
जब कसैले आफूलाई मिलेको चुनौती स्वीकार गर्दै थप ठूलो उपलब्धिको लक्ष्य प्रस्तुत गर्छ त्यो पनि यसै अन्तर्गत पर्छ।
जस्तै ‘तिमीले १० केजी तौल घटायौ भने म १५ केजी घटाएर देखाउँछु’ भन्नु रेइज बेट अन्तर्गत पर्छ।
रेइज बेट शब्दले युवाहरूमा सकारात्मक र नकारात्मक दुवै प्रकारका प्रभावहरू पारिरहेको छ।
कहिलेकाहीँ यो शब्दको दुरुपयोगले आत्मसन्तोषभन्दा बढी नकारात्मक प्रतिस्पर्धा निम्त्याउन सक्छ। सोसियल मिडियामा अरूसँग तुलना गर्न बाध्य गराएर मानसिक दबाब बढ्न सक्छ।
सामाजिक सञ्जाल विज्ञहरूको अनुसार रेइज बेटजस्ता शब्दले डिजिटल स्पेसमा सकारात्मक प्रतिस्पर्धा सिर्जना गरिरहेको छ। तर, यसको सन्तुलित प्रयोग आवश्यक छ। व्यक्तिको क्षमताभन्दा बाहिरको प्रतिस्पर्धाले दबाब र असन्तोष निम्त्याउन सक्छ।
रेइज बेट शब्द सामाजिक सञ्जालमा एक नयाँ र ट्रेन्डिङ सांस्कृतिक भाषाको रूपमा अगाडि आएको छ। यसको प्रयोगले मनोरञ्जनसँगै मानिसहरूमा चुनौती स्वीकार्ने र आत्मविश्वास बढाउने वातावरण सिर्जना गरिरहेको छ। तर, यसले सन्तुलन गुमाएमा मानसिक स्वास्थ्य र सामाजिक सम्बन्धमा नकारात्मक असर पार्न सक्ने सम्भावना छ।
सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले यो ट्रेन्डलाई स्वस्थ र सकारात्मक तरिकाले उपयोग गर्न आवश्यक छ।
यदि आयुष र एलिजेले पनि यहि प्रवृत्तिको सिको गरेका हुन् भने उनीहरूमाथि भने घृणाको सन्देश व्यापक भयो। उनीहरूले नेपालको सामाजिक परिवेशलाई चुनौती दिएर घृणाका उत्तर पाइरहेका थिए जसलाई सकारात्मक मान्न सकिन्न।