Nic Ad Nic Ad
Nic Ad Nic Ad

युक्रेनी एजेन्सीले लियो मस्कोमा रुसी जनरलको हत्याको जिम्मा

मंगलबार, पुस २, २०८१

मस्को- रूसको राजधानी मस्कोमा भएको एक बम विस्फोटमा रूसी सेनाका एकजना जनरलको मृत्यु भएको घटनाको जिम्मेवारी युक्रेनी एजेन्सीले लिएको छ ।

कियभस्थित स्वतन्त्र समाचार एजेन्सी आरबीसीले जनाएअनुसार मंगलबार भएको उक्त घटनाको जिम्मेवारी युक्रेनको सुरक्षा सेवा (एसबीयू)ले लिएको हो ।

उता रूसले लेफ्टिनेन्ट जनरल किरिलोभ मारिन पुगेको घटनालाई ‘आतंकवादी कारबाही’को संज्ञा दिएको छ ।

रूसको जाँच कमिटीका अनुसार विस्फोटमा मारिएका सैन्य अधिकारी लेफ्टिनेन्ट जनरल आइगोर किरिलोभ आणविक जैविक रासायनिक सुरक्षा बलमा तैनाथ थिए ।

प्रकाशित मिति: मंगलबार, पुस २, २०८१  १९:०२
प्रतिक्रिया दिनुहोस्