Nic Ad Nic Ad
Nic Ad Nic Ad

रामपरीदेवी हत्या आरोपित सार्वजनिक

मंगलबार, पुस २, २०८१

काठमाडौँ- धनुषामा ४० वर्षीया रामपरीदेवी ठाकुरको हत्यामा संलग्न रहेको आरोपमा एक जनालाई प्रहरीले सार्वजनिक गरेको छ ।

विदेह नगरपालिका-५ मुरिबाकी ठाकुरको हत्या आरोपमा स्थानीय ५० वर्षीय सगमलाल पासमानलाई धनुषा प्रहरीले मंगलबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरेको हो ।

गत १८ मंसिर घाँस काट्न घरबाट निस्किएकी रामपरीदेवीको १९ मंसिरमा हत्या भएको अवस्थामा शिर र शरीर अलग(अलग अवस्थामा फेला परेको थियो ।

धनुषा प्रहरीका अनुसार शहीदनगर नगरपालिका–७ स्थित शिवनारायण मण्डलको धान खेतमा रामपरीदेवीको शव फेला परेको थियो भने टाउको २०५ फिट पर कमला नहरस्थित झाडीमा फेला परेको थियो ।

घटनास्थलबाट रगत लागेको चिरपट, चप्पल र अन्य सामग्री प्रहरीले बरामद गरेको थियो । घटना अनुसन्धानको क्रममा सगमलालको घर तलासी गर्दा सुटकेसमा लुकाइएको अवस्थामा रगत लागेको निलो पाइन्ट, हरियो भेस्ट, पहेँलो ज्याकेट र अन्य सामग्री बरामद भएको धनुषाका प्रहरीको भनाई छ ।

मृतक महिलासँग हत्याअघि सगमलालको फोन सम्पर्क हुने गरेको पाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: मंगलबार, पुस २, २०८१  १९:२२
प्रतिक्रिया दिनुहोस्