Nic Ad Nic Ad
Nic Ad Nic Ad

विद्रोहीले कब्जा गरेको सिरियामा ईयूले पुनः दूतावास खोल्ने

मंगलबार, पुस २, २०८१

एजेन्सी – यूरोपेली सङ्घ (ईयू) का विदेश नीति प्रमुखले तानाशाही शासक बशर अल–असदको पतनपछि सिरियाको नयाँ नेतृत्वसँग ‘रचनात्मक’ वार्ता गर्दै दमास्कसमा आफ्नो मिसन पुनः खोल्ने बताएका छन्‌ ।

‘यो धेरै महत्त्वपूर्ण कदम हो, हामी सिरियामा प्रतिनिधिमण्डल पुनः खोल्नेछौँ’, ईयूका काजा कल्लासले यूरोपेली संसद्लाई भने ।

सिरियाका लागि ईयूका शीर्ष कूटनीतिज्ञले सोमबार दमास्कसको भ्रमण गरे । यसलाई कालासले ‘नयाँ नेतृत्व र अन्य विभिन्न समूह, नागरिक समाजसँग पनि रचनात्मक पहिलो सम्पर्क’ भने ।

यूरोपेली राष्ट्रहरू अन्य अन्तर्राष्ट्रिय खेलाडीहरूसँगै असद परिवारको पाँच दशक लामो प्रभुत्वको अन्त्यपछि सिरियामा प्रभावका लागि सङ्घर्ष गरिरहेका छन् ।

तर तिनीहरू इस्लामवादी समूह हयात ताहरिर अल–शाम (एचटिएस) को नेतृत्वमा नयाँ अधिकारीहरूबाट सावधान छन् । एचटिएस अल–कायदामा निहित थियो र केही पश्चिमी सरकारद्वारा ‘आतङ्कवादी’ सङ्गठनका रूपमा सूचीबद्ध गरिएको छ ।

‘हामी सिरियामा खालीपन छोड्न सक्दैनौँ, ईयू यहाँ उपस्थित हुनुपर्छ’, कालासले भने ।

ईयूले सिरियाका लागि समर्थन बढाउन तयार रहेको, तर नयाँ नेताहरूले सम्मान गर्नुपर्ने सर्तहरू राखेको छ । ती शर्तहरूमा अल्पसङ्ख्यकहरूको संरक्षण, समावेशी सङ्क्रमणको निगरानी र उग्रवादको बहिष्कार समावेश छन् ।

कालासले सोमबार ईयूले सिरियाको भविष्यमा मस्कोको कुनै स्थान नभएको भन्दै देशमा रूसी सैन्य आधारहरूको उपस्थितिलाई लिएर अधिकार प्राप्त गर्नेहरूलाई पनि दबाब दिने बताए ।

रूसले गृहयुद्धका बेला आफ्ना सैनिकहरूद्वारा असदलाई समर्थन गर्यो र अब उनको निष्कासनपछि सुरक्षित आश्रय प्रदान गरेको छ ।

प्रकाशित मिति: मंगलबार, पुस २, २०८१  २१:४०
प्रतिक्रिया दिनुहोस्