Nic Ad Nic Ad
Nic Ad Nic Ad

एनपिएल : कर्णालीले चितवनलाई दियो १७६ को लक्ष्य

बुधबार, पुस ३, २०८१

काठमाडौं - जयकिशन कोस्लावाला र विलियम बासिस्टोको अर्धसतक प्रेरित कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपिएल)को इलिमिनेटरमा चितवन राइनोजलाई एक सय ७६ रनको लक्ष्य दिएको छ । 

बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ७५ रन बनाएको हो । 

कर्णालीको लागि जयकिशनले ५३ तथा बासिस्टोले ५२ रन बनाए । चाडविक वाल्टनको नामममा ४६ रन रह्यो । अन्तिम बलमा चौका प्रहार गर्न नसक्दा वाल्टन पहिलो आफ्नो अर्धसतक बनाउनबाट चुकेका छन् । वाल्टनले २३ बलमा चार चौका र तीन छक्कासहित ४६ रन बनाएका हुन् । 

ओपनर जयकशिले ३९ बलमा ६ चौका र २ छक्कासहित सर्वाधिक ५३ रन बनाए । जयकिशनले ३६ बलमा ६ चौका र २ छक्कासहित ५० रन बनाएका हुन् । उनले ११.३ ओभरमा अर्धसतक बनाउँदा कर्णालीले दुई विकेट गुमाएर  ८६ रन बनाएको थियो । तेस्रो विकेटको लागि जयकिशनले विलियम बासिस्टोसँग ५९ रनको साझेदारी पनि गरेका छन् । ४.६ ओभरमा कर्णालीले ३५ रन बनाउँदा दोस्रो विकेटको रुपमा जिसन मक्सूद आउट भएका थिए । 

बासिस्टोले ३९ बलमा तीन चौका र दुई छक्का बनाएका हुन् । उनले सोहल तनविरबाट बोल्ट हुनुअघि बासिस्टोले ३७ बलमा अर्धसतक बनाए । ३१ वर्षीय अस्ट्रेलियन खेलाडीले विराटनगर किंग्सविरुद्ध पनि ६६ रन बनाएका थिए । 


यसअघि भारतीय चर्चित खेलाडी शिखर धवनले कर्णाली याक्सको लागि चार खेल खेलेर घर फर्किएका थिए । उनको स्थानमा जयकिशनलाई कर्णाली याक्सले मंगलबार राति मात्रै टिममा समावेश गरेको हो । 

एनपिएलमा पहिलो खेल खेलेका भारतीय जयकिशन कोस्लावालालाई कर्णालीले रित गौतमसँगै ओपनिङमा पठाएको थियो । ३५ वर्षीय गुजराती खेलाडीले यसअघि सन् २०१८ मा ललितपुर प्याट्रिओट्सको लागि इपिएल उपाधि जिताएका थिए । फाइनलमा ५७ रन बनाएका थिए । एनपिएलमा बनेको यो २३औं अर्धसतक हो । यसअघि लिग चरणमा एक सतकसहित २२ अर्धसतक बनेका थिए । 

कर्णालीका २३ वर्षीय ओपनर रित गौतम दोस्रो खेलमा पनि गोल्डेन डकआउट भए । यसअघि पहिलो पटक सुदूरपश्चिमविरुद्ध पनि उनी गोल्डेन डकआउट भएका थिए । 

तेस्रो नम्बर क्रिजमा आएका जिसन मक्सूदले १२ बलमा समान एक चौका र एक छक्कासहित १४ रनको योगदान गरेका थिए । उनलाई शरद भेषावकरले रञ्जित कुमारले क्याच आउट गराएका हुन् । 

आशा गरिएका गुल्शन झा तीन बल खेलेर डक आउट भएका हुन् । तीन रन बनाएका देव खनालपनि रन आउट भएका थिए । 

चितवनको लागि सोहेल तनविरले दुई तथा शरद भेषावकर, रवि बोपरा र कुशल मल्लले समान एक विकेट हात पारे । 

लिग चरणमा कर्णालीले याक्सले चितवनलाई ६ विकेटले हराएको थियो ।

प्रकाशित मिति: बुधबार, पुस ३, २०८१  १०:४८
प्रतिक्रिया दिनुहोस्