बन्दी प्रत्यक्षीकरण मुद्दामा दुर्गा प्रसाईँलाई उपस्थित गराउन सर्वोच्चको आदेश
काठमाडौँ- मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई उपस्थित गराउन सर्वोच्च अदालतले आदेश जारी गरेको छ ।
प्रसाईँका छोरा निराजनले दर्ता गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले यस्तो आदेश दिएको हो ।
न्यायाधीश पोखरेलको इजलासले विपक्षीको नाममा कारण देखाउ आदेश पनि जारी गरेको छ । प्रसाईँका छोरा निराजनले आफ्ना बाबुलाई गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै मंगलबार बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गराएका थिए ।
सो रिट निवेदनमाथि बुधबार सुनुवाइ भएको हो । कारण देखाउ आदेश जारी गर्दै पोखरेलको इजलासले बन्दीसहित उपस्थित हुन भनेको छ ।
यसअघि पनि यसैगरी दर्ता भएको बन्दी प्रत्यक्षीकरणको निवेदनमा सर्वोच्च अदालतले प्रसाईँलाई कानुनसम्मत रूपमा थुनामा राखेको ठहर गर्दै निवेदन खारेज गरेको थियो ।
प्रकाशित मिति: बुधबार, पुस ३, २०८१ १६:२१
प्रतिक्रिया दिनुहोस्