Nic Ad Nic Ad
Nic Ad Nic Ad

अनेरास्ववियुको महाधिवेशन चैत मसान्तभित्र गर्ने निर्णय

बुधबार, पुस ३, २०८१

काठमाडौँ - नेकपा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुले आगामी चैत मसान्त भित्रमा राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको छ ।

१२ औँ सचिवालय बैठकले चैत मसान्तभित्र २४ औँ राष्ट्रिय महाधिवेशन गर्ने निर्णय गरेको अनेरास्ववियुका प्रवक्ता प्रकाश पौडेलले बताए । मिति भने पछि तोकिनेछ ।

त्यस्तै, अनेरास्ववियु केन्द्रीय कमिटी बैठक चौथो आगामी माघ ६ देखि ८ सम्म काठमाडौँमा हुने निर्णय भएको पौडेलले जानकारी दिए ।

त्यस्तै, त्रिविले तोकेकै मिति फागुन १५ गते स्ववियु निर्वाचन सम्पन्न गराउन पनि त्रिभुवन विश्वविद्यालयका पदाधिकारीसँग छलफल गरी दबाब सिर्जना गर्ने पनि निर्णय गरिएको पौडेलले बताए ।

त्यस्तै, त्रिविमा स्ववियु सचिव सिधान्त भट्टले ३५ बुँदे विश्वविद्यालय सुधारको लागि राखेको धर्नाका माग अविलम्ब पूरा गर्न पनि अनेरास्ववियुले ध्यानाकर्षण गराएको छ ।

प्रकाशित मिति: बुधबार, पुस ३, २०८१  १८:२४
प्रतिक्रिया दिनुहोस्