उत्पादनमा निर्भर अर्थतन्त्र बनाउनुपर्छ : उद्योग परिसंघ अध्यक्ष अग्रवाल
काठमाडौँ- नेपाल उद्योग परिसंघका अध्यक्ष राजेशकुमार अग्रवालले उत्पादनमा निर्भर अर्थतन्त्र बनाउनुपर्ने बताएका छन् ।
बुधबार थापाथलीमा रहेको परिसंघको कार्यालयमा नेपाल आर्थिक पत्रकार संघ (नाफिज) को नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना दिँदै अध्यक्ष अग्रवालले अहिले नेपालको अर्थतन्त्र आयातमा निर्भर रहेकाले यसलाई उत्पादनमा निर्भर अर्थतन्त्र बनाउनु परिसंघको उद्देश्य रहेको बताए ।
चार वर्षको अथक प्रयासपछि मन्त्रिपरिषद्ले स्वदेशी वस्तुको उपयोग सम्बन्धी कार्यविधि पारित गरेको उनको भनाइ छ । मेकइन नेपालको उद्देश्य नेपालमा उत्पादन गरेर नेपाली वस्तुको उपयोग गर्ने रहेको बताए ।
परिसंघले पूर्वधार सम्बन्धी गोष्ठी र महिलाहरूलाई सक्षम बनाउने खालका कार्यक्रम गरिरहेको र त्यसबाहेक सञ्चारकर्मीहरूसँग नयाँ कार्यक्रम सुरु गरेको उनले उल्लेख गरे ।
प्रकाशित मिति: बुधबार, पुस ३, २०८१ १९:३३
प्रतिक्रिया दिनुहोस्