Nic Ad Nic Ad
Nic Ad Nic Ad

न्यायालयको गरिमा कायम राख्न पारदर्शिता चाहिन्छ : प्रधानन्यायाधीश सिंह

बुधबार, पुस ३, २०८१

काठमाडौँ- प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले न्यायालयको गरिमा कायम राख्न विश्वसनीयता र पारदर्शिता जरुरी भएको बताएका छन् ।

न्यायपरिषद्को ३४औँ स्थापना दिवसमा अवसरमा बुधबार आयोजना गरेको कार्यक्रममा प्रधानन्यायाधीश राउतले न्यायालयको गरिमा कायम राख्ने तरिकाले काम गर्नका लागि विश्वसनीयता र पारदर्शिता जरुरी भएको बताए।

‘अदालतप्रतिको जनआस्था वृद्धि गर्न सबैले विश्वसनीय र पारदर्शी तरिकाले काम गर्नुपर्छ’, प्रधानन्यायाधीश राउतले भने, ‘न्यायालयको गरिमा कायम राख्न सहकार्य जरुरी छ ।’

उनले नेपालको न्यायालयको इतिहासमा न्यायालयको मूल्यांकन गर्ने दिन न्यायपरिषद् स्थापना दिवस रहेको र परिषद्को भूमिका र जिम्मेवारी महत्त्वपूर्ण भएको बताए।

प्रकाशित मिति: बुधबार, पुस ३, २०८१  १९:५४
प्रतिक्रिया दिनुहोस्