Nic Ad Nic Ad
Nic Ad Nic Ad

मुलुकभित्रै रोजगारीका अवसर सृजना गर्नुपर्छ : श्रममन्त्री

बुधबार, पुस ३, २०८१

काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले मुलुकमा आन्तरिक रोजगारी सिर्जना नगरेसम्म आर्थिक विकास नहुने बताएका छन् ।

आज श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आयोजना गरेको अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस २०२४ मूल समारोह समितिद्वारा आयोजित अन्तरक्रियामा बोल्दै मन्त्री भण्डारीले आगामी दशकलाई आन्तरिक रोजगार दशकका रूपमा मनाउन लागिएको जानकारी गराए।

उनले भने, ‘विदेशमा सिकेर आएकासँग ज्ञान छ, क्षमता छ, उनीहरूको ज्ञानलाई उपयोग गरेर मुलुकको विकासमा लगाउनुपर्छ ।’

‘सुरक्षित आप्रवासनको आधार, सूचना, सीपसहितको रोजगार’ भन्ने मूल नाराका साथ मन्त्रालयले साताव्यापीरूपमा दिवस मनाइरहेको छ । मन्त्री भण्डारीले सारा युवा पलायन भइसके, मुलुक खाली भइसक्यो भन्ने भाष्य तथ्यांकले स्थापित नहुने दाबी गरे ।

प्रकाशित मिति: बुधबार, पुस ३, २०८१  २०:१२
प्रतिक्रिया दिनुहोस्