अन्तर्राष्ट्रिय ओडीआईमा १३ अर्ध शतक बनाएका जनकपुर बोल्ट्सका आशिफ कर्णालीविरुद्ध चल्लान्?
काठमाडौं– नेपाल प्रिमियिर लिग (एनपीएल)को फाइनल प्रवेशका लागि कर्णाली याक्ससँग जनकपुर बोल्ट्सले त्रिवि मैदानमा संघर्ष सुरु गरेको छ।
बोल्ट्सका मार्की खेलाडी रहेका आशिफ अनिल साह घाइते भएपछि कप्तानीको जिम्मामा पनि छन्। तर, उनी एनपीएलका अहिलेसम्मका खेलमा खासै चलेका छैनन्।
ओपनरका रुपमा राष्ट्रिय टोलीमा समेत खेल्ने आसिफ जनकपुरका लागि पनि सोही भूमिकामा छन्। तर, उनी चलेका छैनन्।
आसिफ शेख नेपाली क्रिकेटका उदाउँदा ताराका रूपमा परिचित छन्। उनको जन्म २२ जुन २००१ मा वीरगञ्जमा भएको हो। दाहिने हातका ब्याट्सम्यान र विकेट किपरको भूमिकामा खेल्ने आसिफले नेपाली राष्ट्रिय क्रिकेट टोलीमा महत्वपूर्ण स्थान बनाएका छन्।
क्रिकेटप्रति गहिरो रुचि भएका आसिफले सन् २०१२ मा वीरगञ्जको जिल्ला छनोटमा उत्कृष्ट प्रदर्शन गर्दै आफ्नो करियरको सुरुवात गरे। त्यसपछि २०१४ मा मलेसियामा आयोजित यू–१६ प्रिमियर लिगमा उप–कप्तानको रूपमा नेपालको प्रतिनिधित्व गरे।
आसिफले १७ अप्रिल २०२१ मा नेदरल्यान्ड्सविरुद्ध टि–२० अन्तर्राष्ट्रियमा डेब्यु गरे। त्यसपछि, ७ सेप्टेम्बर २०२१ मा पपुवा न्युगिनीविरुद्ध एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) डेब्यु गरे। उनले नेपालको लागि सबैभन्दा बढी ओडीआई अर्धशतक बनाएका छन्। १३ अर्धशतक बनाएका उनी एनपीएलमा किन चलिरहेका छैनन्?
‘क्रिकेटमा सँधै एकै प्रकारको भूमिकामा चम्किरहने भन्ने हुन्न, कतिपय खेलमा पिच पनि कारण बनिदिन्छ’, आशिफनिकट खेलाडी भन्छन्,‘अन्तिम दुईमा जाने खेलमा एनपीएलमा उहाँ चल्नुहुन्छ भन्ने विश्वास छ।’