नेभिगेशन
खेलकुद

‘स्पिन किङ’ सन्दीपबारे कमेन्टेटरले गरेको चर्चामा कसले बनायो यस्तो नगरकोटे ‘मीम’

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल)का खेल चलिरहँदा कतिपय कमेन्टेटरले गरेका चर्चामा रोचक मिम बनाएर ट्रोल गरिन थालेको छ। 

चितवन राइनोज र कर्णाली याक्सको खेल चलिरहेका बेला स्टार स्पोर्टस टेलिभिजनमा चन्द्रागिरी भ्यु देखाएर चर्चा गर्दा महिला कमेन्टेटर मोनाली पटेलले भन्छिन्,‘सन्दीप लामिछानेले नगरकोट घुम्न जाने भनेका छन्।’

रोचक पारामा भनिएको उक्त संवादलाई इन्टरनेट प्रयोगकर्ताले मिम बनाएर ‘ठूल्दाई’ फिल्मको ‘घुम्न जाऊँ घुम्न जाऊँ घुम्न नगरकोट’ बोलको गीत राखेर मीम बनाएका हुन्। उक्त मीम अहिले ट्रोल भएको छ।

यो भिडिओ मिम हेर्नुहोस् 
 

लामिछानेसँग नगरकोटको साइनो उनले सफाई पाएको नाबालिगसँग सम्बन्ध कायम गरेको तत्कालिन प्रकरणसँग जोडिएका कारण नै ट्रोल भइरहेको हो।

कतिपयले उक्त भिडिओमा कमेन्ट गरेर ‘सन्दीप लामिछाने नगरकोटका ब्रान्ड एम्बेस्डर हुन्’ भनी खिसी गरेका छन् भने कतिपयले ‘क्यानडा २६’ भनेर पनि उडाएका छन्।

लामिछाने एनपीएलमा बिराटनगर किङ्सका मार्की तथा कप्तानका रुपमा खेलेका थिए। उनको टोली प्रतियोगिताबाट बाहिर भइसकेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद