Nic Ad Nic Ad
Nic Ad Nic Ad

पानीजहाज सञ्चालनसम्बन्धी विधेयक राष्ट्रिय सभामा दर्ता

बिहीबार, पुस ४, २०८१

काठमाडौँ - पानीजहाज सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कानूनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभामा दर्ता भएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले सो विधेयक राष्ट्रिय सभामा दर्ता गरेको हो ।

पुरानो कानून आएयता दर्जनौँ अन्तर्राष्ट्रिय महासन्धिहरू लागू भइसकेको र ती प्रावधान पुरानो ऐनले नसमेटेकाले नयाँ ऐनको प्रस्ताव गरिएको मन्त्रालयले विधेयकमा उल्लेख गरेको छ ।

 

 

साथै पानी जहाज सञ्चालनलाई विकास र विस्तार गर्न सोको प्रभावकारी नियमन गरी पानीजहाज सेवालाई सुरक्षित स्तरीय विश्वसनीय, नियमित र व्यवस्थित गर्नका लागि उक्त विधेयक बनाइएको जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, पुस ४, २०८१  १८:५१
प्रतिक्रिया दिनुहोस्