Nic Ad Nic Ad
Nic Ad Nic Ad

विद्यार्थीबाट कुनै पनि शीर्षकमा शुल्क नलिन सामुदायिक विद्यालयलाई निर्देशन

बिहीबार, पुस ४, २०८१

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले विद्यार्थीबाट कुनै पनि शीर्षकमा शुल्क नलिन सामुदायिक विद्यालयहरूलाई निर्देशन दिएको छ ।

कतिपय विद्यालयले विभिन्न शीर्षकमा शुल्क लिने गरेको पाइएपछि महानगरले कुनै पनि शीर्षकमा शुल्क नलिन विद्यालयहरूलाई भनेको छ ।

अनुगमनका क्रममा विद्यालयहरूले किताब, पोसाक, खाजा, अतिरिक्त कक्षा लगायतका शीर्षकमा शुल्क लिने गरेको पाइएपछि महानगरले विद्यालयलाई नलिन भनेको हो ।

संविधानले निःशुल्क तथा अनिवार्य शिक्षा भनेको र २०७५ मा बनेको अनिवार्य तथा निःशुल्क शिक्षा ऐनलाई महानगरले कार्यान्वयन गर्न लागेको हो ।

आगामी सोमबारदेखि महानगरका विद्यालयमा त्रैमासिक परीक्षा सञ्चालन हुँदैछ । यो परीक्षाको सम्पूर्ण खर्च महानगरले गर्ने भएको छ ।

प्रकाशित मिति: बिहीबार, पुस ४, २०८१  १९:४१
प्रतिक्रिया दिनुहोस्