Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपालले बांङ्लादेशलाई हराए यु-१९ वुमन्स एसिया कपको फाइनलमा पुग्ने

बिहीबार, पुस ४, २०८१

काठमाडौँ - मलेसियामा जारी यु-१९ वुमन्स एसिया कप क्रिकेटको सुपर-४ मा नेपाल र श्रीलंकाबिचको खेल वर्षाका कारण रद्द भएसँगै नेपालले ४ अंक जोडेको छ ।

सुपर-४ मा नेपालविरुद्ध श्रीलंकाले ब्याटिङ गरिरहेको अवस्थामा वर्षा भएपछि दुवै टोलीले अंक बाँडेका हुन् ।

सुपर-४ मा नेपालसहित भारत, बांङ्लादेश र श्रीलंका छन् । भारत ५ अंकसहित पहिलो, बांङ्लादेश ४ अंकसहित दोस्रो, समान ४ अंकसहित नेपाल तेस्रो र ३ अंकसहित श्रीलंका चौथो स्थान छ । पहिलो र दोस्रो स्थानमा रहने टोलीले फाइनल खेल्नेछन् ।

सबै टोलीले एक-एक खेल खेल्न बाकी छ । नेपालले अब सुपर-४ को अन्तिम खेलमा शुक्रबार बांङ्लादेशसँग खेल्दै छ । भारतले श्रीलंकासँग खेल्नेछ । फाइनलमा पुग्न नेपालले बांङ्लादेशविरुद्ध खेल जित्नुपर्ने हुन्छ ।

उक्त खेल जितेमा नेपाल सहजै फाइनलमा पुग्नेछ । पराजित भएमा या खेल रद्द भएमा नेपाल फाइनल पुग्न असफल हुनेछ । समूह चरणमा भारतसँग बराबरी खेलेको नेपालले पाकिस्तानलाई ३ विकेटले पराजित गरेको थियो ।

प्रकाशित मिति: बिहीबार, पुस ४, २०८१  २१:३७
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार