Nic Ad Nic Ad
Nic Ad Nic Ad

भारत वा पाकिस्तान आयोजक रहँदा हुने दुई देशबीचको खेल तटस्थ स्थानमा खेलिने

बिहीबार, पुस ४, २०८१

काठमाडौँ - सन् २०२७ सम्म भारत र पाकिस्तानमा आयोजना हुने आइसिसीका विभिन्न प्रतियोगितामा हुने दुई देशबीचको क्रिकेट खेल तटस्थ स्थानमा खेलाइने भएको छ । आइसिसीले बिहीबार स्टेटमेन्ट जारी गर्दै यस्तो जनाएको हो ।

आगामी २०२५ फेब्रुअरीमा पाकिस्तानमा हुन लागेको आइसिसी च्याम्पियन्स ट्रफीको बेलादेखि अब यो लागु हुनेछ भने त्यसपछि भारतमा हुने आइसिसी महिला क्रिकेट विश्वकप र सन् २०२६ मा भारत र श्रीलंकामा हुने आइसिसी टी-२० विश्वकपमा पनि यो नियम लागु हुनेछ ।

सन् २०२८ मा फेरि पाकिस्तानमा कुनै आइसिसी प्रतियोगिता गराउने छलफल पनि भइरहेको छ भने त्योबेला पनि यो तटस्थ स्थानको नियम लागु गराइन सक्नेछ ।

आगामी फेब्रुअरी-मार्चमा पाकिस्तानमा हुने आइसिसी च्याम्पियन्स ट्रफी ८ वर्षपछि हुन लागेको हो । सन् २०१७ को च्याम्पियन्स ट्रफी फाइनलमा भारतलाई हराउँदै पाकिस्तान च्याम्पियन बनेको थियो ।

च्याम्पिनयन्स ट्रफीमा पाकिस्तान, भारत, अस्ट्रेलिया, न्युजिल्याण्ड, इंग्ल्याण्ड, दक्षिण अफ्रिका, बंगलादेश र अफगानिस्तानको सहभागिता रहनेछ । तालिका सार्वजनिक हुन बाँकी छ ।

यसअघि सन् २०२३ मा पाकिस्तानमा भएको एसीसी एसिया कपमा पनि भारतका खेलहरू श्रीलंकामा खेलिएको थियो ।

प्रकाशित मिति: बिहीबार, पुस ४, २०८१  २२:३१
प्रतिक्रिया दिनुहोस्