विद्युत् प्राधिकरणले माग्यो ठुलो संख्यामा कर्मचारी (विज्ञापन सहित)
काठमाडौँ - नेपाल विद्युत् प्राधिकरणले विभिन्न पदपूर्तिका लागि ठुलो संख्यामा कर्मचारी माग गरेको छ ।
प्राधिकरणले आज (शुक्रबार) एक सूचना जारी गर्दै दसौँ तहदेखि पाँचौँ तहसम्मको प्रशासन र प्राविधिकतर्फ विभिन्न पदमा खुला प्रतियोगितात्मक लिखित परीक्षामार्फत ९५३ जना स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको हो।प्राधिकरणले दसौँ तह अन्तर्गत प्राविधिकतर्फ एक जना प्रबन्धक माग गरेको छ भने आठौँ तह प्रशासनतर्फ सहायक निर्देशक दुई जना र एक जना सहायक प्रबन्धक माग गरेको छ ।
यस्तै, प्रशासकीय अधिकृत, कानुन अधिकृत, लेखा अधिकृत, चार्टर्ड एकाउन्टेन्ट, इलेक्ट्रिकल इन्जिनियर, इन्जिनियर लगायत सहायक स्तरका विभिन्न पदहरूमा दरखास्त आह्वान गरेको हो।
प्राधिकरणले विभिन्न प्रदेशका लागि मिटररिडिङ सुपरभाइजर, लेखापाल, सुपरभाइजर, सिनियर कम्युनिकेसन इक्विपमेन्ट अपरेटर, सुपरभाइजर लगायतका पदका लागि पनि दरखास्त आह्वान गरेको छ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले पुष २५ गतेसम्म आवेदन दिन सक्नेछन् भने दोब्बर दस्तुर तिरेर माग ३ गतेसम्म आवेदन दिन सक्नेछन्। आवेदन अनलाइनमार्फत दिनु पर्नेछ ।
हेर्नुहोस् विज्ञापन: