ट्राभल एलर्टः अमेरिकाले आफ्ना नागरिकलाई किन भन्यो ‘नेपालमा भ्रमण गर्दा सतर्कता अपनाउनू’
काठमाडौं– अमेरिकी सरकारले आफ्ना नागरिकलाई नेपाल भ्रमण र पर्यटनमा जाँदा सतर्कता अपनाउनका लागि सूचना जारी गरेको छ।
ट्रेकिङ र सांस्कृतिक खोजी गर्ने पर्यटकका लागि मनपर्ने गन्तव्य भए पनि नेपालमा अप्रत्यासित रुपमा राजनीतिक प्रदर्शन तिव्र हुन सकने र विभिन्न निकायले बल प्रयोग गर्न सक्ने सम्भावना केलाउँदै सतर्कता अपनाउनका लागि भनेको ‘ट्राभल एन्ड टुर वलर््ड’ अनलाइन संस्करणमा समाचार प्रकाशित भएको छ।
नेपालका आकर्षक प्राकृतिक दृश्य र समृद्ध परम्पराहरूले अझै पनि पर्यटकहरूलाई तानिरहेकै छ, तर यहाँ यात्रा गर्दा सतर्क रहनु महत्त्वपूर्ण रहेको उक्त अनलाइनमा समाचार प्रकाशित भएको हो।
समाचारमा भनिएको छ,‘ठूला भिडभाड र सभा जमघटहरूबाट टाढा बस्नुहोस् ताकि राजनीतिक प्रदर्शनहरू अचानक हिंसात्मक हुन सक्छन्।’
स्थानीय समाचार र सरकारी निकायले दिएको निर्देशन मान्न्का लागि पनि पर्यटक बनी नेपाल पुगेका नागरिकलाई सुझाव दिइएको छ।
अपरिचित स्थानहरूमा जोखिम धेरै हुन सक्ने खतरा पनि औंल्याइएको छ। दैनिक योजना पूर्व तय गरी यात्रा र हिँडाइका क्रममा मौसम र बाटोको अवस्थाबारे जानकारी लिनका लागि पनि सुझाव दिइएको छ।
संसारकै अग्लो शिखर सगरमाथा (एभरेष्ट) लगायतका हिमाली दृश्यले विश्वभरका साहसी यात्रुहरूलाई तान्ने गरेको छ।
काठमाडौंको दरबार क्षेत्रका सम्पदा स्थलहरूले नेपालको इतिहास र परम्परा झल्काउने भएकाले पर्यटक नेपालमा आकर्षित हुन्छन्।
पोखराको शान्त फेवा ताल र माछापुच्छ्रे हिमालको आकर्षणले भरिपूर्ण रहेको छ। लुम्बिनीमा गौतम बुद्धको जन्मस्थल, धार्मिक र सांस्कृतिक दृष्टिकोणले महत्त्वपूर्ण रहेको उल्लेख छ।
सावधानी अपनाउँदै गर्दा नेपालका यी सुन्दर स्थानहरूको मज्जा लिन सकिने पनि जनाइएको छ।
नेपालबाहेक उक्त अनलाइन संस्करणमा भ्रमण गर्दा बेलारुस, गाबोन, क्यामरुनमा पनि सतर्कता अपनाउन भनिएको छ।
ट्राभल एलर्टको समाचार हेर्न यहाँ क्लिक गर्नुहोस्