Nic Ad Nic Ad
Nic Ad Nic Ad

प्रधानमन्त्री ओलीले दिए खुशीको खबरः त्रिवि मैदानमा फ्लडलाइट र प्यारापिट निर्माण तीन सिफ्टमा

शुक्रबार, पुस ५, २०८१

काठमाडौं– घरेलु क्रिकेटमा महोत्सवका रुपमा नेपाल प्रिमियर लिग (एनपीएल) जारी रहेका बेला सरकारले त्रिवि मैदानमा फ्लडलाइट र प्यारापिट निर्माणका निम्ति बोलपत्र आह्वान गरेको छ।

यो आह्वान हुनासाथ प्रधानमन्त्री केपी शर्मा ओलीले खुशीको खबर साझा गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत उनले फ्लडलाइट र प्यारापिटको काम तीन सिफ्टमा गरेर समयमा नै निर्माण सम्पन्न गर्ने बताएका छन्।  

उनले लेखेका छन्,‘क्रिकेट हाम्रो युवा समाजको प्राण हो। क्याबिनेटको पहिलो बैठकबाट हामीले कीर्तिपुरको मैदानमा क्रिकेट रंगशालाको प्यारापिट निर्माण र फ्लडलाइट जडान गर्ने निर्णय गरेका थियौं।’ 

TU-cricket-ground-1734674518.gif
प्रधानमन्त्री ओलीले फेसबुकमा अगाडि लेखेका छन्, ‘यसको लागि पर्याप्त ध्यान दिएर सुरुमै पारस खड्कासहित क्रिकेट खेलाडीहरूलाई बालुवाटार बोलाएर छलफल पनि गरेका छौं। त्यसबेला क्यानका पदाधिकारीहरुले पनि बरु अलि समय दिएरै विश्वस्तरको रंगशालाको राम्रो डिजाइन गरौं, हतार नगरौं भन्ने सल्लाह दिनुभएको थियो।’

जग्गा प्राप्तिलगायत झन्झटिलो प्राविधिक प्रक्रियाले सोचेभन्दा बढी समय लागेको उल्लेख गरेका ओली भन्छन्,‘प्रारम्भिक प्राविधिक डिजाइन तय गर्ने काममा केही ढिलाइ अवश्य भयो। आज यसको निर्माणका लागि बोलपत्र आह्वान भएको छ। अब हामीले तीन सिफ्टमा फटाफट काम गरेर यसलाई निर्धारित समयमै सम्पन्न गर्नु पर्नेछ। यसलाई विश्वस्तरको बनाउने प्लान भने त्यसपछि पनि जारी रहनेछ।’


 

प्रकाशित मिति: शुक्रबार, पुस ५, २०८१  ११:५७
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार