Nic Ad Nic Ad
Nic Ad Nic Ad

निर्यात बढाउन तीन वटै तहका कानुन सहयोगी हुनुपर्छ : मन्त्री पाण्डे

शुक्रबार, पुस ५, २०८१

चितवन- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले स्थानीय उत्पादनको निर्यात बढाउन सङ्घीय, प्रदेश र स्थानीय सरकारको कानुन तथा नीति सजिलो हुन जरुरी रहेको बताएका छन् ।

पूर्वी चितवनको खैरहनीमा आजदेखि सुरु भएको तेस्रो खैरहनी महोत्सवको उद्घाटन गर्दै मन्त्री पाण्डेले नेपालमा उत्पादित वस्तुको निर्यात बढाउन सके अर्थतन्त्र बलियो हुने बताए । उनले भने, ‘अर्थतन्त्र बलियो बनाउन निर्यात बढाउन जरुरी छ । यसका लागि तीनै तहका सरकारको नीति तथा कानुन सहज बनाउनुपर्छ ।’

चितवन पर्यटकीय दृष्टिले महत्त्वपूर्ण जिल्लाको रूपमा रहेको उल्लेख गर्दै मन्त्री पाण्डेले यसलाई चलायमान बनाउन सके अर्थतन्त्रमासमेत सहज हुने बताए ।

पर्यटकीय क्षेत्रको विकासका लागि नीतिगत रूपमा सहयोग गर्न र पूर्वाधारको विकास गर्न मन्त्रालय तयार रहेको उनको भनाइ थियो । फरक प्रसङ्गमा मन्त्री पाण्डेले पछिल्लो समय देखिएको भ्रमको राजनीति चिर्दै अघि बढ्न जरुरी रहेको बताए ।

प्रकाशित मिति: शुक्रबार, पुस ५, २०८१  १८:५०
प्रतिक्रिया दिनुहोस्