Nic Ad Nic Ad
Nic Ad Nic Ad

साउदी अरेबियाबाट फर्किएका युवकमा मंकीपक्स संक्रमण पुष्टि

शुक्रबार, पुस ५, २०८१

काठमाडौ - विदेशबाट फर्किएका एक युवकमा मंकीपक्स संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार तनहुँका ३६ वर्षीय एक पुरुषमा संक्रमण पुष्टि भएको हो । 

‘साउदी अरबबाट बिहीबार स्वदेश आएका निजको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा परीक्षण गरिएको थियो,’ उनले भने, ‘अहिले उनको अवस्था सामान्य छ ।’  उनको शुक्रराज अस्पतालमा ‘आइसोलेसन’मा राखेर उपचार भइरहेको छ । 

दुई वर्षअगाडि पनि नेपाल आएका एकजना विदेशीमा मंकीपक्स संक्रमण देखिएको थियो ।  मंकीपक्स संक्रमण देखिएपछि सीमानाका र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका ‘हेल्थ डेक्स’लाई सतर्कता अपनाउन सरकारले निर्देशन दिएको प्रवक्ता डा. बुढाथोकीले बताए । 

प्रकाशित मिति: शुक्रबार, पुस ५, २०८१  २०:२१
प्रतिक्रिया दिनुहोस्