Nic Ad Nic Ad
Nic Ad Nic Ad

नेपाल जेसिसको ५१ औं राष्ट्रिय महाधिवेशन आजदेखि इटहरीमा, प्रधानमन्त्री ओली उद्घाटनमा जाँदै

शनिबार, पुस ६, २०८१

काठमाडौं– सुनसरीको इटहरी उपमहानगरपालिकास्थित जनता माध्यमिक विद्यालयको प्राङ्गणमा हुन गइरहेको नेपाल जेसिसको ५१ औं राष्ट्रिय महाधिवेशन प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार उद्घाटन गर्ने भएका छन्। 

दिउँसो १ बजे उद्घाटन हुने कार्यक्रमका लागि प्रधानमन्त्री ओली इटहरी जाने सचिवालयले जनाएको छ।

नेपाल जेसिसको स्थापना १९७० को दशकमा भएको हो र यसको मुख्य उद्देश्य युवाहरूलाई समाजसेवामार्फत् व्यक्तित्व विकास, नेतृत्व क्षमता, र उद्यमशीलताको विकास गर्न सहयोग गर्नु हो। 

सदस्यहरूलाई व्यावसायिक सम्बन्ध विस्तार र व्यवसायिक तालिममा सहभागी गराउने काम पनि जेसिसले गर्दै आएको छ। 

नेपाल जेसिसका सदस्यहरूले विश्वभरका जेसिस सदस्यहरूसँग सम्बन्ध विस्तार गर्न र अनुभव आदान–प्रदान गर्न सक्ने अवसर पाउँछन्।

नेपाल जेसिसका देशभर करिब १०० भन्दा बढी स्थानीय शाखाहरू छन्,जसले आफ्नो क्षेत्र अनुसार कार्यक्रम सञ्चालन गर्दछन्। त्यसै मध्यको इटहरी शाखासहितको आयोजनामा राष्ट्रिय महाधिवेशनको आयोजना गरिएको छ।
 

प्रकाशित मिति: शनिबार, पुस ६, २०८१  ०९:११
प्रतिक्रिया दिनुहोस्