श्रीलंकाको अर्थतन्त्र ५.५ प्रतिशतले वृद्धि हुने प्रक्षेपण : केन्द्रीय बैंक
कोलम्बो- श्रीलंकाको अर्थतन्त्र सन् २०२४ को तेस्रो त्रैमासिकमा ५ दशमलव ५ प्रतिशतले वृद्धि हुने केन्द्रीय बैंकले प्रक्षेपण गरेको छ ।
राष्ट्र बैंकका अनुसार कृषि गतिविधि ३ प्रतिशत, उद्योग १० दशमलव ८ प्रतिशत र सेवा गतिविधि २ दशमलव ६ प्रतिशतले बढेको छ ।
अक्टोबर सन् २०२४ मा चिया उत्पादनमा गिरावट भए तापनि कुल उत्पादन जनवरी र अक्टोबर बीचमा थोरै वृद्धि भएको छ ।
रबर उत्पादनले अक्टोबरमा उल्लेखनीय वार्षिक वृद्धि हासिल गर्दै स्थिर सुधार देखाएको केन्द्रीय बैंकले जनाएको छ ।
सन् २०२४ को पहिलो दश महिनामा नरिवलको उत्पादन वर्षैपिच्छे घटेको केन्द्रीय बैंकले जनाएको छ ।
गत वर्ष डिसेम्बर २० सम्ममा अमेरिकी डलरको तुलनामा श्रींलकाली रुपैयाँ १० दशमलव ७ प्रतिशतले बढेको केन्द्रीय बैंकले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, पुस ६, २०८१ १२:३५
प्रतिक्रिया दिनुहोस्