Nic Ad Nic Ad
Nic Ad Nic Ad

महिला यू-१९ विश्वकप खेल्ने टोलीको बन्द प्रशिक्षण गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने

शनिबार, पुस ६, २०८१

चितवन- मलेसियामा आगामी जनवरीमा हुने महिला यू-१९ विश्वकपका लागि नेपाली टोलीको बन्द प्रशिक्षण चितवनमा हुने भएको छ ।

भरतपुर महानगरपालिका-१५ मा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको नमूना खेल मैदानमा प्रशिक्षण हुने चितवन क्रिकेट संघका अध्यक्ष सुदीप पियाले जानकारी दिए । यही पुस १० देखि २२ गतेसम्म बन्द प्रशिक्षण हुने प्रशिक्षणमा १८ खेलाडीसहित २३ जना सहभागी हुनेछन् ।

भरतपुर महानगर प्रमुख रेनु दाहालले नेपाल क्रिकेट संघ (क्यान)को आग्रह अनुसार मैदान उपलब्ध गराइएको बताए । उनले सन् २०२७ मा नेपाल र बंगलादेशमा तय भएको महिला यू-१९ विश्वकपका खेल यही रंगशालामा आयोजना गर्ने गरी महानगरले तयारी गरिरहेको पनि बताए ।

यसका लागि क्यानसँग पहल भइरहेको महानगर प्रमुख दाहालले जानकारी दिए । यसअघि नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली चितवन राइनोजले पनि यही रंगशालामा प्रशिक्षण गरेको थियो ।

प्रकाशित मिति: शनिबार, पुस ६, २०८१  १७:३३
प्रतिक्रिया दिनुहोस्