नेभिगेशन
समाज विविध

प्रधानमन्त्रीले दिए क्रिकेट विजेतालाई बधाई

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जित्न सफल जनकपुर बोल्ट्सलाई बधाई दिएका छन् ।

“आजको खेलमा सुदूरपश्चिम रोयल्सको पनि राम्रो प्रदर्शन थियो । यससँगै नेपाली क्रिकेटको महापर्व आज सम्पन्न भएको छ । एनपिएलमा सहभागी सबै टिम र आयोजक तथा व्यवस्थापक सबैलाई धन्यवाद !!” प्रधानमन्त्रीले सामाजिक सञ्जालमा भनेका छन् ।

आज भएको फाइनल खेलमा सुदूरपश्चिम रोयल्सलाई पाँच विकेटले हराउँदै जनकपुरले पहिलो संस्करणको एनपिएलको उपाधि जितेको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाज विविध