हामी उन्नत लोकतान्त्रिक अभ्यासमा छौं : मुख्यमन्त्री कार्की
सुनसरी- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकमा उन्नत लोकतन्त्रको अभ्यास भइरहेको बताएका छन् ।
आजदेखि इटहरीमा सुरु भएको नेपाल जेसिजको ५१औं राष्ट्रिय महाधिवेशनमा उनले सो कुरा बताएका हुन् ।
लोकतान्त्रिक शासन व्यवस्थालाई सुदृढ बनाउन समाजका हरेक वर्गले आ–आफ्नो स्थानबाट भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । नेपाल जेसिजले देशभर विधिको शासनका पक्षमा अभियान चलाउनुपर्ने उनले बताए । उनले भने, ‘जेसिजले प्रदेश सरकारसँग सहकार्य गर्ने क्षेत्र धेरै छन् त्यसनिम्ति प्रदेश सरकार तत्पर छ ।’
प्रकाशित मिति: शनिबार, पुस ६, २०८१ २०:५२
प्रतिक्रिया दिनुहोस्