Nic Ad Nic Ad
Nic Ad Nic Ad

पाकिस्तानको कराँची शहरमा पानीको हाहाकार

शनिबार, पुस ६, २०८१

काठमाडौं - पाकिस्तानको कराँचीमा पानीको हाहाकार मच्चिएको छ । कराँचीका विभिन्न स्थानमा विगत दुई साताभन्दा लामो समयदेखि पानीको आपूर्ति सुचारु हुन नसक्दा हाहाकार मच्चिएको हो ।

बस यातायात र रेड लाइन परियोजनाका कारण पानीको आपूर्ति अवरुद्ध भएको पाकिस्ताबाट प्रकाशित हुने द एक्सप्रेस ट्रिब्युन अखबारले जनाएको छ । कराँचीको पानी तथा ढल कर्पोरेशनले पानीको आपूर्ति सुचारु गर्न आफ्नो संस्था प्रतिबद्ध रहेको जनाएको छ ।

यद्यपि पानीको आपूर्ति नियमित हुन अझै केही समय लाग्ने स्रोतलाई उद्धृत गर्दै ट्रिब्युनले जनाएको छ । पानीको आपूर्ति रोकिँदा शहरका कोराङ्गी, लान्धी, शाह फैसल कोलोनी, मलिर, गुलशन ए इकबाल, गुलिस्तान ए जोहर, ओल्ड सिटीजस्ता क्षेत्रमा समस्या पैदा भएको जनाइएको छ ।

प्रकाशित मिति: शनिबार, पुस ६, २०८१  २२:२५
प्रतिक्रिया दिनुहोस्