Nic Ad Nic Ad
Nic Ad Nic Ad

रास्वपा सभापति लामिछानेसहित ३१ जनाविरुद्ध कास्की अदालतमा अभियोग दर्ता, थुनछेक बहस कहिले?

आइतबार, पुस ७, २०८१

पोखरा– जिल्ला अदालत कास्कीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा भूतपूर्व गृहमन्त्री रवि लामिछानेसहित ३१ जनाविरुद्ध अभियोग दर्ता भएको छ।

अदालत प्रशासनले अभियोग दर्ता भएको पुष्टि गरेको छ। 

लामिछानेसहित अन्य केहीलाई सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणको मुद्दाको साढे चार सय पृष्ठ लामो अभियोग लगाइएको छ।

जिल्ला न्यायाधिवक्ता कमला काफ्लेले त्यससँग सम्बन्धित प्रमाण अदालमा पेश गरेकी हुन्। जिल्ला अदालत कास्कीका निमित्त श्रेष्तेदार ख्याम नारायण पराजुलीले अभियोग पत्र पेश भइसकेको बताएका छन्। रवि लामिछानेलाई जिल्ला अदालत लगि सकिएको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीले पुस १ गते सरकारी वकिलको कार्यालयमा अनुसन्धान प्रतिवेदन बुझाएको थियो। सो प्रतिवेदनमा रविसहित जीवी राई लगायतलाई करिब एक अर्ब विगो मागदावी गर्नुपर्ने राय छ। सोही आधारमा गोर्खा मिडिया प्रालिका अध्यक्ष गितेन्द्र बाबु (जीबी) राईसहित १९ जनाविरुद्ध पुस ५ गते मुद्दा दर्ता भएको थियो।

अदालतले अभियोग पेशीमा चढाएपछि थुनछेक बहस सुरु हुनेछ। 
 

प्रकाशित मिति: आइतबार, पुस ७, २०८१  १३:०४
प्रतिक्रिया दिनुहोस्