Nic Ad Nic Ad
Nic Ad Nic Ad

अखिल क्रान्तिकारीको अध्यक्ष बन्ने तयारीमा रहेका दिपेश पुनः सहकारी ठगीका फरार प्रतिवादी, मुद्दा दर्ता

आइतबार, पुस ७, २०८१

काठमाडौं- जिल्ला सरकारी वकिलको कार्यालय कास्कीले अखिल क्रान्तिकारीको अध्यक्षको तयारी गरिरहेका माओवादीका विद्यार्थी नेता तथा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनःलाई फरार प्रतिवादी कायम गर्दै सहकारी ठगीमा अदालतमा मुद्दा दर्ता गरेको छ।

आइतबार रास्वपा सभापति रवि लामिछानेसहित ३१ जनाविरुद्ध दर्ता मुद्दामा पुन पनि सूर्यदर्शन सहकारी ठगी प्रकरणमा मुछिएका हुन्। 

माओवादीका युवा नेता पुनलाई फरार प्रतिवादी कायम गरेर अदालतमा मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिल कार्यालय कास्कीकी सहायक जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्माले जानकारी दिइन्।

सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको आरोपमा ४४ जनालाई प्रतिवादी कायम गरिएको छ। ५ जनालाई सम्पत्ति जफत गर्ने प्रयोजनको लागि मात्र प्रतिवादी कायम गरिएको छ। 

सुन तस्करी प्रकरणमा समेत पक्राउ परेर केही समयअघि छुटेका दिपेश पुन अखिल क्रान्तिकारीको अध्यक्षका निम्ति अभ्यास गरिरहेका छन्।

प्रकाशित मिति: आइतबार, पुस ७, २०८१  १५:४०
प्रतिक्रिया दिनुहोस्