Nic Ad Nic Ad
Nic Ad Nic Ad

यी हुन् पोखराको सूर्यदर्शन सहकारीको डेढ अर्ब अपचलन गर्ने ३४ अभियुक्तहरू, ‘टप–५’का दुई फरार

आइतबार, पुस ७, २०८१

काठमाडौं– जिल्ला सरकारी वकिलको कार्यालयले आइतबार कास्की अदालतमा दर्ता गराएको मुद्दामा सूर्यदर्शन सहकारीको डेढ अर्ब रुपैंया अपचलन भएको र गर्नेहरूको नामसहित दाबी पेश गरेको छ। 

यो सहकारी ठगी प्रकरणका मुखियाचाहिँ जीबी राई रहेका छन्। मुख्य ५ जनामा रास्वपा सभापति रवि लामिछाने, पूर्वडीआईजी छविलाल जोशी, जीबी राई, अखिल क्रान्तिकारीका नेता तथा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनपुत्र दीपेशकुमार पुन र रामबहादुर खनाल रहेका छन्। 

यी मध्य राई र पुन फरार प्रतिवादी बनाइएको छ भने रवि, छवि र रामबहादुर प्रहरी कस्टडीमा छन्।

यी बाहेक सरकारी वकिलको कार्यालयले दर्ता गरेको मुद्दामा  नेत्रपाणी बास्तोला, देवेन्द्रबाबु राई, विज्ञान राई, लीला पछाई,  विश्वविक्रम राई, विशाल तामाङ, नवीन अछामी, रविना रिमाललाई पनि प्रतिवादी बनाइएको छ। 

यसैगरी असरफ अली सिद्धिकी, दीपक लामा, अनन्तबाबु राई, ओमप्रकाश गुरुङ, वीरबहादुर रानाभाट, दीपा न्यौपाने, कल्पनाकुमारी श्रेष्ठ, ज्ञानबहादुर बम्जन पनि सूर्यदर्शन सहकारी ठगी प्रकरणका प्रतिवादी बनाइएका हुन्। 

त्यस्तै, मीना गुरुङ, सूर्यध्वज न्यौपाने, आरती गुरुङ, लीलाबहादुर गुरुङ, पेशलकुमार राई, कृष्णबहादुर गुरुङ, देवकुमार नेपाली, शकुन्तला गुरुङ,  मिश्रकुमारी गुरुङ, रितु ताम्राकार र लक्ष्मीप्रसाद पौडेल पनि प्रतिवादी बनाइएका छन्।

प्रकाशित मिति: आइतबार, पुस ७, २०८१  १६:०८
प्रतिक्रिया दिनुहोस्