Nic Ad Nic Ad
Nic Ad Nic Ad

मुद्दा किनारा नलागेसम्म रविको सांसद पद निलम्बित, धरौटीमा छुटे पनि सदन गतिविधिमा संलग्न हुन नपाउने

आइतबार, पुस ७, २०८१

काठमाडौं– सम्पत्ति शुद्धिकरणको मुद्दा किनारा नलागेसम्म राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको सांसद पद निलम्बनमा पर्ने भएको छ।


सम्पत्ति शुद्धीकरण ऐनअनुसार रवि लामिछानेको सांसद पद स्वतः निलम्बन हुने कास्की जिल्ला न्यायाधीवक्ता कमला काफ्ले बताएकी छन्। 

सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणमा मुद्दा दर्ता भइसकेको अवस्था छ। अब उनले सदनका कुनै पनि गतिविधिमा सहभागीता जनाउन पाउने छैनन्।
सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ (संशोधनसहित)को दफा (२७) बमोजिम रविको सांसद स्वतः निलम्बन हुने भएको हो।

ऐनमा ‘प्रचलित कानून बमोजिम स्थापित संगठित संस्थाको कुनै पदाधिकारी वा कर्मचारी वा कुनै राष्ट्र सेवक यस ऐन बमोजिम थुनामा रहेकोमा त्यसरी थुनामा रहेको अवधिभर र निज उपर दफा २२ बमोजिम मुद्दा दायर भएकोमा सो मुद्दाको किनारा नभएसम्म त्यस्तो कर्मचारी, पदाधिकारी वा राष्ट्र सेवक स्वतः निलम्बन भएको मानिनेछ,’ भनिएको छ।

यसको अर्थ हो अदालतमा मुद्दा विचाराधिन रहेसम्म, त्यसको अन्तिम किनारा नलागेसम्म लामिछाने तत्कालै धरौटीमा छुटे पनि प्रतिनिधि सभा सदस्यको हैसियतमा सदनका समिति, सदनका अधिवेशनलगायतमा सहभागी हुन पाउने छैनन्।

प्रकाशित मिति: आइतबार, पुस ७, २०८१  १६:१३
प्रतिक्रिया दिनुहोस्