Nic Ad Nic Ad
Nic Ad Nic Ad

सातै प्रदेशका कृषि मन्त्रीहरूको बैठक सिंहदरवारमा

आइतबार, पुस ७, २०८१

काठमाडौँ- सातै प्रदेशका कृषि मन्त्रीहरूको बैठक सिंहदरवारमा बसेको छ । प्रदेशका कृषि मन्त्रीहरूको उपस्थितिमा कृषि तथा पशुपन्छी विकास मन्त्रालय विषयगत समितिको बैठक बसेको हो ।

बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले कृषि विकासका लागि संघ, प्रदेश र स्थानीय सरकारको सामूहिक प्रयास आवश्यक रहेको बताएका छन् ।

 

विषयगत समितिको १० औँ बैठकको अध्यक्षता गर्दे मन्त्री अधिकारीले राज्यको क्षमताले भ्याउने गरी योजना बनाउनुपर्ने र कार्यान्वयनलाई प्रभावकारी बनाउन पर्नेमा जोड दिए ।

मन्त्री अधिकारीले मध्य पहाडी क्षेत्रमा फलफूलको सम्भावना रहेको र यसका लागि तिनै तहले योजना बनाउन आवश्यक रहको बताए । उनले विदेशबाट फर्किएकाहरूलाई स्वदेशमै कृषि क्षेत्रमा लगाउने आधार बनाउने गरी काम गर्न पनि मन्त्री अधिकारीले आग्रह गरे।

बैठकमा सातै प्रदेशका कृषि सँग सम्बन्धित सचिवहरूले प्रदेशमा कृषि क्षेत्रको हालको अवस्था बारे प्रस्तुति गरेका थिए ।

प्रदेशमन्त्रीहरुले आ-आफ्नो धारणा व्यक्त गरेका थिए । बैठकमा यस अघि बसेको नवौँ बैठकले गरेका निर्णय कार्यान्वयनको समीक्षा भएको थियो । बैठकमा राष्ट्रिय किसान आयोगका अध्यक्ष, गाउँपालिका महासंघका अध्यक्ष, मन्त्रालयका सचिव, सह-सचिव, प्रदेश कृषि सचिवहरूसँगै आयोजना प्रमुख, महाशाखा प्रमुखहरूको पनि उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: आइतबार, पुस ७, २०८१  १८:३६
प्रतिक्रिया दिनुहोस्