Nic Ad Nic Ad
Nic Ad Nic Ad

रविको मुद्दा दर्ताको पत्र संसद सचिवालय पुग्यो, अब सभामुखले निलम्बन गर्लान् त?

आइतबार, पुस ७, २०८१

काठमाडौं - रास्वपा सभापति तथा सांसद रवि लामिछानेलाई निलम्बन गर्न जिल्ला प्रहरी कार्यालय कास्कीबाट पठाइएको चिठी संसद सचिवालयमा आइपुगेको छ ।

संसद सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार आइतबार अबेला निलम्बन सिफारिसको चिठी आइपुगेको हो । समय घर्केकाले यसबारे सोमबार प्रक्रिया अघि बढ्ने उनले बताए ।

सहकारी ठगी, संगठित अपराधसँगै सम्पत्ति शुद्धीकरण अभियोगमा लामिछाने संलग्न रहेको भन्दै निलम्बन माग भएको हो ।

प्रकाशित मिति: आइतबार, पुस ७, २०८१  १८:५६
प्रतिक्रिया दिनुहोस्