Nic Ad Nic Ad
Nic Ad Nic Ad

साई स्वागत सहकारीका अध्यक्ष जंगमलाई ५ दिन हिरासतमा राख्न अनुमति

आइतबार, पुस ७, २०८१

काठमाडौँ - साई स्वागत सहकारी ठगी प्रकरणमा पक्राउ परेका दुई जनालाई हिरासतमा राखेर अनुसन्धान गर्न काठमाडौँ जिल्ला अदालतले अनुमति दिएको छ ।

काठमाडौँबाट आइतबार पक्राउ परेका उनीहरूलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।  
आइतबार मात्रै काठमाडौँको बिजुलीबजारबाट तत्कालीन अध्यक्ष भरत जंगम पक्राउ परेका थिए । उनी पक्राउ परेपछि तत्कालीन कोषाध्यक्ष लुमन दाहाल पनि पक्राउ परेका थिए । उनीहरूविरुद्ध सहकारी ठगी प्रकरणमा अनुसन्धान सुरु गरिएको छ ।

प्रकाशित मिति: आइतबार, पुस ७, २०८१  १९:१८
प्रतिक्रिया दिनुहोस्